शुक्रबार, चैत्र १६, २०८०
Fri, March 29, 2024

सशस्त्रका एसएसपी अधिकारी डीआईजीमा...

काठमाडौं,१६ चैत - सशस्त्र प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक दिपक अधिकारी सशस्त्र प्रहरी...

राष्ट्रियसभाको बैठक बस्दै, यस्तो...

काठमाडौं,१६ चैत संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक आज दिउँसो...

एसईईमा चिट चोर्नलगाउने ...

बिहीबारदेखि सुरु एसईई परीक्षामा चिट चोर्नलगाउने आरोपमा बारामा एक शिक्षक र एक जना...

पढन गएका बालबालिकालाई घर...

पढन गएका बालबालिकालाई घर निर्माणको काममा लगाउँदा पर्सामा एक नाबालक विद्यार्थी घाइते भएका...
23.1 C
Kathmandu
32.3 C
Birgunj

पर्सा ३ (ख) मा कांग्रेसका क्षेत्री निर्वाचित

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

वीरगञ्ज, ७ मंसिर । पर्साको क्षेत्र नम्बर ३ (ख) मा नेपाली कांग्रेस विजयी भएको छ । नेपाली कांग्रेसका जनार्दन सिंह क्षेत्री १० हजार १ सय ७२ मतका साथ प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् ।

- Advertisement -

निकटतम प्रतिद्वन्टी जनता समाजवादी पार्टी (जसपा) की डा. मधु गुप्तालाई २ हजार ६ सय ७६ मतान्तरले पराजित गर्दै नेपाली कांग्रेस पर्साका सभापतिसमेत रहेका क्षेत्री निर्वाचित भएका हुन् ।

गुप्ताले ७ हजार ४ सय ९६ मत ल्याएकी छिन् । निवर्तमान प्रदेश सभा सदस्य नेकपा एकिकृत समाजवादी पार्टीका प्रह्लाद गिरी गोस्वामीले ६ हजार ५ सय ३ मत प्राप्त गरेका छन् ।

- Advertisement -

यसअघि २०७४ सालमा भएको प्रदेश सभाको निर्वाचनमा क्षेत्रीलाई नै ९५ मतले पराजित गर्दै गिरी बिजयी भएका थिए । अहिले क्षेत्रीले गिरीसँग जितेर बदला लिएका छन् । गिरी भने तेस्रो स्थानमा छन् ।

नेकपा एमाले र जसपाको गठबन्धन भएपनि त्याहाँ पाँच दलीय गठबन्धनको भने कुनै उम्मेदवार थिएन । गठबन्धनलाई तोडेर एक्लै चुनावमा होमिएका क्षेत्री फराकिलो मतान्तरले विजयी भएका हुन् ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार