21.1 C
Kathmandu
Thursday, December 1, 2022
21.1 C
Kathmandu
26.2 C
Birgunj

पर्सा ३ (क) मा जैसवाल बिजयी

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

वीरगञ्ज, ७ मंसिर । पर्साको क्षेत्र नम्बर ३ (क) मा स्वतन्त्र उम्मेदवार प्रमोद जैसवाल निर्वाचित भएका छन् ।

- Advertisement -

निकटम प्रतिद्वन्दी निवर्तमान प्रदेश सभा सदस्य नेकपा एमालेका अब्दुल रहिम अन्सारीलाई १ हजार ४ सय ५१ मतान्तरले पराजित गर्दै काउली चुनाव चिन्हबाट चुनाव लडेका स्वतन्त्र उम्मेदवार जैसवाल निर्वाचित भएका हुन् ।

जैसवालले ७ हजार ३ सय ८१ मत ल्याएका छन् भने अन्सारीले ५ हजार ९ सय ३० मत प्राप्त गरेका छन् । जैसवाल जनता समाजवादी पार्टी (जसपा) बाट टिकट नपाएपछि स्वतन्त्रबाट उम्मेदवारी दिएका थिए । उनी पर्साको सखुवाप्रसौनी गाउँपालिकाका पूर्व अध्यक्ष प्रदीप जैसवालका भाई हुन् ।

यस्तै अर्का स्वतन्त्र उम्मेदवार चन्द्र किशोर प्रसादले ४ हजार ६ सय ५५ मत ल्याउँदा नेकपा माओवादी केन्द्रका छोटेलाल प्रसाद यादवले ४ हजार ३ सय ४० मत मात्रै प्राप्त गरेका छन् ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार

- Advertisement -