21.1 C
Kathmandu
Thursday, December 1, 2022
21.1 C
Kathmandu
26.2 C
Birgunj

दोस्रो पटक प्रदेश सभा सदस्यमा निर्वाचित भएका कलवारले निकाले भव्य विजय जुलुस

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,८ मंसिर – पर्साको निर्वाचन क्षेत्र नं. ४ को “ख” बाट प्रदेश सभा सदस्यमा शानदार जित दर्ज गरेका सिंगासन सा. कलवारले भव्य बिजय जुलुस निकालेका छन् । हजारौको संख्यामा नेता कार्यकर्ताहरू सहित निकालिएको जुलुस क्षेत्र नं. ४ को “ख” मा पर्ने छिपहमाई गाउँपलिकाको बिभिन्न वडाहरुमा पुगेको कलवारका स्वकीय सचिव सचिन सिंहले बताए ।

- Advertisement -

कलवारले भारी मतान्तरले आफ्ना निकटत्म प्रतिद्वन्दीलाई हराउँदै दोस्रो पटक प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् । भलवहीयाबाट निकालेको जुलुसमा जसपा क्षेत्र नं. ४ का सबै नेताहरुको सहभागीता रहेको थियो । विजय जुलुसमा कलवारले प्रतिक्रिया दिदै यो जित विकास र आम जनताको रहेको बताए ।

जुलुसमा मदन चौहान,रामशिष महतो,हिमाञ्चल महतो,इन्द्रासन कलवार,राम पुकार यादव,रंजित साह कानु लगायतका जसपाका नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियो । बिजय ¥याली शुक्रवार पनि निकालिने तथा बाकी रहेको क्षेत्रको अन्य भागहरुमा जनताको घरदैलो पुग्ने नेताहरुले बताएका छन् ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार

- Advertisement -