21.1 C
Kathmandu
Thursday, December 1, 2022
21.1 C
Kathmandu
26.2 C
Birgunj

सर्लाहीमा सवारी दुर्घटना हुदाँ पर्साको दुई जनाको मृत्यु

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,९ मंसिर – सर्लाहीमा दुर्घटना हुदाँका पर्साका दुई जनाको मृत्यु भएको छ । सर्लाहीको ईश्वरपुरमा मोटरसाईकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने अन्य २ जना घाइते भएको स्थानिय प्रहरीले जनाएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ बाँके जङ्गलमा बिहीबार राति दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा दुर्घटना भएको थियो ।

- Advertisement -

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश नम्बर २–०२–००३ प ९१७८ नम्बरको मोटरसाइकल विपरीत दिशाबाट जाँदै गरेको स ९ प १५९१ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किदा प्रदेश २–०२–००३ प ९१७८ नम्बरको मोटरसाइकलका चालक र त्यसमा सवार २ जनाको मृत्यु भएका प्रहरीले जनाएको छ ।
मृत्यु हुनेहरुमा पर्साको मिर्जापुरका ३८ वर्षीय प्रहरी हवल्दार बाबुलाल प्रसाद साह र पर्साकै पकहा मैनापुर–१ का २७ वर्षीय रामलोचनकुमार पटेल रहेका छन् । दुवैको शव प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको छ ।

दुर्घटनामा सिरहाको करजनहा नगरपालका–११ का ५० वर्षीय चन्देश्वर महतो र उनकी श्रीमती ४५ वर्षीया जयन्तीदेवी महतो घाइते भएकी छिन् । उनीहरुले लालबन्दी नगरपालिकाको नवलपुरस्थित सत्यम अस्पतालमा उपचार भइरहेको स्थानिय प्रहरीले बताएको छ ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार

- Advertisement -