7.7 C
Kathmandu
Saturday, January 28, 2023
7.7 C
Kathmandu
10.6 C
Birgunj

भोट नहालेको भन्दै एमालेका कार्यकर्ताबाट कुटपिट

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुर,१५ मंसिर । निर्वाचनमा भोट नदिएको निहुँमा एमालेका कार्यकर्ताहरुबाट महोत्तरीको निगौलका जनता कुटिएका छन् । कुटपिटबाट ७ जना घाइते भएका छन् । महोत्तरी क्षेत्र नं. १ का निर्वाचित सांसद लक्ष्मी महतो समूहले निगौलका बस्तीमा पुगेर निर्घाट कुटपिट गरेको स्थानीयले आरोप लगाएका छन् ।

- Advertisement -

मधेश आन्दोलनका क्रममा नेपाल प्रहरीका असई थमन विकको हत्याको आरोपित महतो फरार अभियुक्तको सूचीमा छन् । निर्वाचनअघि पनि आफूलाई मतदान नगरे कुटपिट गर्ने धम्की दिएका महतोले निर्वाचित भएलगत्तै मंगलबार राती वस्तीमा केही समूह पठाएर कुटपिट गराएको स्थानीयले बताएका हुन् ।

‘हामीलाई मार्ने उद्देश्यले नै लक्ष्मी महतोका भान्जा सुरेन्द्र महतो, वडा अध्यक्ष श्याम मण्डलसहितको टोली पठाएर घरभित्र पसेर गठबन्धनमा भोट किन हालेको भन्दै खोजी खोजी कुटाइयो,’ कुटाइबाट बगेको रगत लागेको कपडा लगाएका र टाउकोमा पट्टी बाँधेका रामछविला साहले भने, ‘उपचारका गराउन अस्पताल पुगेका थियौं, त्यहि आएर पुनः कुटपिट गर्न थाले, कोही छुरा हान्देउ भन्दै थिए त कोही गोली ठोक्देउ भन्दै थिए, भाग्ने पनि मौका मिलेन चारैतिरबाट घेरेर कुटे ।’

- Advertisement -

कुटपिट गर्नेहरुको पहिचान खुलाएर प्रहरीमा पीडितले दिएको निवेदन उपरछानविन भइरहेको गौशालाका सहायक प्रहरी निरीक्षक भुवनसिं कार्कीले बताए ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -