शुक्रबार, बैशाख ७, २०८१
Fri, April 19, 2024

बजेट दिँदा संघीय सरकारले...

पर्सा । बीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले संघीय सरकारले दिने बजेटमा विभेद गरेको...

बीरगन्जबाट २२ लाख हुण्डीको...

बीरगन्ज,०७ वैशाख । २२ लाख हुण्डीको रकमसहित पर्साबाट २ जना पक्राउ परेका छन्...

भारतीय नागरिकको अपहरणपछि नेपालमा...

काठमाडौं,७बैशाख । कपिलवस्तुको मायादेवी गाउँपालिकामा १ भारतीय नागरिकको अपहरणपछि हत्या गरिएको छ...

कोशीमा संकल्प प्रस्ताव बहुमतले...

विराटनगर,०७ वैशाख । कोशी प्रदेशबाट संकल्प प्रस्ताव पारित भएको छ । शुक्रबार बसेको...
21.1 C
Kathmandu
28.8 C
Birgunj

यी दुई भारतीय कफ सिरप प्रयाेग नगर्न डब्लुएचओकाे चेतावनी

‘AMBRONOL सिरप र DOK-1 Max सिरप डिसेम्बर २२, २०२२ मा उज्वेकिस्तानमा पहिचान गरिएको थियो

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

एजेन्सी : विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले भारतीय कम्पनी मरिन बायोटेकका दुईवटा कफ सिरप प्रयोग नगर्न सुझाव दिएको छ।

- Advertisement -

मरीन बायोटेकका दुई मेडिकल उत्पादनहरू (कफ सिरप) गुणस्तर मापदण्ड पूरा नगरेको भन्दै डब्ल्यूएचओले बुधबार मेडिकल चेतावनी दिएको हो।

विश्व स्वास्थ्य सङ्गठनले यी कफ सिरपको बिक्री पूर्ण रूपमा बन्द गर्नसमेत निर्नेशन दिएको छ। यसका लागि प्रभावित देश र क्षेत्रमा आपूर्तिको अनुगमन बढाउनुपर्नेमा उसको जोड छ।

- Advertisement -

उज्बेकिस्तानले मरिन बायोटेकले दुईवटा कफ सिरपको प्रयोगबाट १९ बालबालिकाको ज्यान गएको आरोप लगाएको छ। यो कम्पनी उत्तरप्रदेशको नोएठामा अवस्थित छ।

डब्लुएचओको वेबसाइटमा भनिएको छ, ‘AMBRONOL सिरप र DOK-1 Max सिरप डिसेम्बर २२, २०२२ मा उज्वेकिस्तानमा पहिचान गरिएको थियो।यी दुवै उत्पादन मरिन बायोटेक प्राइभेट लिमिटेडले उत्पादन गरेको हो। त्यसयता कम्पनीले डब्लूएचओलाई गुणस्तरको कुनै ग्यारेन्टी दिएको छैन।’

उज्वेकिस्तानमा गरिएको अनुसन्धानमा यी कफ सिरपहरूमा डाइथिलिन ग्लाइकोल र इथाइलिन ग्लाइकोलको मात्रा तोकिएको भन्दा बढि पाइएको थियो।

बिहीबार, उत्तर प्रदेशको खाद्य सुरक्षा र औषधि प्रशासनले मरीन बायोटेकको लाइसेन्ससमेत रद्द गरेको छ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार