बिहि, मंसिर २१, २०८०
Thu, December 7, 2023
बिहि, मंसिर २१, २०८०
Thu, December 7, 2023
16.1 C
Kathmandu
14.1 C
Kathmandu
23.8 C
Birgunj

गैरआवासीय नेपालीको नागरिकता मुद्दा सम्बोधन गर्न तयार छौं :गृहमन्त्री

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,०४ माघ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले गैरआवासीय नेपाली नागरिकताको मुद्दालाई समाधान गर्ने बताएका छन्।

- Advertisement -

बुधबार सिंहदरबारमा गैरआवासीय नेपाली संघका प्रतिनिधिसँगको भेटवार्ताका क्रममा गृहमन्त्री लामिछानेले नागरिकताको सबै विषयलाई एकै ठाउँमा राखेर समाधानको प्रयास गर्दा गिजोलिएको भन्दै अब गैरआवासीय नेपाली नागरिकताको मुद्दालाई समाधान गर्न गृह मन्त्रालय सक्षम रहेको बताए।

उनले विदेशमा भएका नेपालीको लगानीलाई सुरक्षित गर्न पनि सरकार तयार रहेको बताए । नेपालमा लगानीका लागि गैर आवासिय नेपालीहरुको कानुनी र व्यवहारिक कठिनाइबारे मन्त्रालय जानकार रहेकाले यसलाई गम्भीर भएर समाधानको प्रयास खोजिने उनको भनाइ छ। उनले नागरिकताका विषय समाधान भएपछि गैरआवासीय नेपालीको सम्पतीको हकको विषय पनि टुङ्गिने जिकिर गरे।

- Advertisement -

भेटवार्तापछि संघका अध्यक्ष कुल आचार्य गैरआवासीय नेपालीका नागरिकता,भिसा,एयरपोर्टमा देखिने समस्या लगायत नेपालको विकासमा साझेदारी गर्ने विषयमा छलफल भएको र समस्यालाई समाधान गर्ने प्रतिवद्धता गृहमन्त्रीले व्यक्त गरेको जानकारी दिए।

संघले गरिआएको काम,नेपाल सरकारको तर्फबाट सम्बोधन भइआएका विषय र आगामी दिनमा सरकारले गर्नुपर्ने नीतिगत र कानुनी सुधार सम्बन्धमा संघले गृहमन्त्री लामिछानेलाई ज्ञापन पत्र बुझाएको थियो ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -