सोमवार, बैशाख ३, २०८१
Mon, April 15, 2024

मधेशका मुख्यमन्त्रीले भोलि चौथो...

जनकपुर,०३ वैशाख । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले भोलि (मंगलबार) विश्वासको मत लिने...

५८ लाख मूल्य बराबरका...

बीरगन्ज,०३ वैशाख । पर्साबाट प्रहरीले भन्सार छलीका सामानसहित ट्रक नियन्त्रणमा लिएको छ ।...

नवनिर्मित वडा कार्यालय भवनको...

बीरगन्ज,०३बैशाख । बीरगन्ज महानगरपालिका वडा नम्बर २१ मा नवनिर्मित वडा कार्यालय भवनको जनता...

पेट्रोलियम पदार्थको मूल्य फेरि...

काठमाडौं,०३ वैशाख । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल...
23.1 C
Kathmandu
33 C
Birgunj

प्रतिनिधिसभाको सभामुखमा देवराज घिमिरे निर्वाचित

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ,०५ माघ । सत्ता गठबन्धनबाट एमालेका सांसद देवराज घिमिरे सभामुखमा निर्वाचित भएका छन् । प्रतिनिधिसभामा बिहीबार भएको निर्वाचनमा उनले प्रतिस्पर्धी नेपाली कांग्रेसकी ईश्वरीदेवी न्यौपानेलाई पराजित गर्दै सभामुख चुनिएका हुन् ।

- Advertisement -

घिमिरेको प्रस्तावकमा सुवासचन्द्र नेम्वाङ, समर्थकमा हितराज पाण्डे, राजेन्द्रप्रसाद लिङ्देन र रवि लामिछाने थिए भने न्यौपानेको प्रस्तावकमा विश्वप्रकाश शर्मा र समर्थकमा प्रकाश ज्वाला रहेका थिए ।

प्रतिनिधिसभामा मत विभाजन प्रक्रियामार्फत् भएको चुनावमा घिमिरेको पक्षमा १६७ मत पर्‍यो । २७५ सदस्यीय प्रतिनिधिसभामा बिहीबार २६८ सांसद उपस्थित थिए । घिमिरेको विपक्षमा १०० मत पर्‍यो । पहिलो प्रस्तावमै घिमिरेको पक्षमा सभामुख निर्वाचित हुन आवश्यक न्यूनतम १ सय ३८ मत कटेकाले उनलाई जेष्ठ्य सदस्य पशुपति शमशेर राणाले निर्वाचित भएको घोषणा गरेका हुन् ।

- Advertisement -

२०१५ सालको पहिलो संसद र २०४७ सालमा प्रजातन्त्र पुन:स्थापनापछि बनेका संसद्को इतिहास अनुसार घिमिरे नेपालका नवौं सभामुख हुन् ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार