बीरगन्ज, ५ माघ- सातौं प्याब्सन T-20 क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा बिहीबार मनकामना मावि ९७ रनले विजयी भएको छ । चिल्ड्रेन वल्र्ड मावि ७० रनमै समेटिएपछि मनकामना विजयी भएको हो ।
टस जितेर पहिलो ब्याटिङ्ग गरेको मनकामनाले राहुल ठाकुरको ३४ बलमा ३ छक्का र ६ चौका हानेर बनाएको ५४ रनको योगदानले १६६ रन जोड्न सफल भएको थियो । १६७ रनको लक्ष्य सहित मैदानमा उत्रिएको चिल्ड्रेन वल्र्ड भने ७० रनमै अलआउट भएको थियो ।
खेलको म्यान अफ द म्याच मनकामनाका राहुल ठाकुर भए । उनलाई प्याब्सन मधेश प्रदेशका वरिष्ठ उपाध्यक्ष श्याम केसी ट्रफी प्रदान गरेर सम्मान गरे ।
प्रतियोगिता अन्र्तगत शुक्रबार तीन खेलहरु हुदैंछन् । शुक्रबार पहिलो खेलमा अल्पाईन मावि र जीवन ज्योति भिड्दै छन् भने दोस्रो खेलमा सिद्धार्थ मावि र आदर्श मावि आमने सामने हुनेछन् । तेस्रो खेलमा विद्यासागर मावि र साउथ जोन मावि बीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको फाइनल हुने आगामी माघ १४ गते शनिबार हुनेछ ।