शनि, अशोज १३, २०८०
Sat, September 30, 2023
शनि, अशोज १३, २०८०
Sat, September 30, 2023
26.6 C
Kathmandu
22.7 C
Kathmandu
30.6 C
Birgunj

मेयर सिंहले गरे प्याब्सन इन्टर स्कूल क्रिकेट टुर्नामेन्टको उदघाटन, पहिलो खेलमा मनकामना स्कूल विजयी

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

वीरगञ्ज, ५ माघ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) पर्साको आयोजनामा बिहीबारबाट सातौँ संस्करणको प्याब्सनअन्तर्गत विद्यालय नकआउट क्रिकेट प्रतियोगिता वीरगञ्जमा सुरु भएको छ ।

- Advertisement -

आदर्शनगर रंगशालामा सुरु भएको प्रतियोगिताको वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बलिङ गरेर उदघाटन गरेका हुन् ।

प्रतियोगिताको उदघाटन गर्दै नगरप्रमुख सिंहले वीरगञ्जको पहिचान उच्च बनाउने गरी खेलाडीहरुको उत्पादन गर्नु पर्ने आवश्यकता रहेको बताउँदै त्यसका लागि विद्यालय स्तरबाटै हुने खेलले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्ति गरे ।

- Advertisement -

उनले खेलाडीहरुको प्रतिभालाई उजागर गराउन खेलकुद प्रतियोगिताहरुको आयोजनालाई बृद्धि गर्नुपर्ने बताउँदै त्यसका लागि महानगरले आवश्यक सहयोग उपलब्ध गराउने घोषणा पनि गरे ।

यस्तै मधेश विश्व विद्यालयका उपकुलपति डा.दिपक शाक्यले शैक्षिक पाठ्यक्रमका साथै अतिरिक्त कृयाकलापलाई पनि सँगै अघि बढाउँदा विद्यार्थीको सर्वाङ्गिण विकाशमा सहयोग पुग्ने बताए । उनले खेलकुद तथा अन्य अतिरिक्त कृयाकलाप सिकाईकै माध्यम रहेको बताउँदा यसलाई निरन्तरता दिन विद्यालयहरुलाई आग्रह गरे ।

कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोध गुप्ताले खेलाडीले खेलबाटै जीविकोपार्जन गर्न सक्ने अवस्था बनाउनु पर्नेमा जोड दिए । कुनै विद्यालय सहभागि हुने कुनै नहुने भन्दा पनि खेलमा सबै विद्यालयलाई सहभागिता जनाउन सक्ने गरी आवश्यक सेवा सुविधा उपलब्ध गराउने वातावरण बनाउन सरोकारवालाहरुलाई उनले आग्रह गरे । त्यसका लागि आवश्यक सहयोग गर्न उद्योग वाणिज्य संघ सँधै तयार रहेको पनि अध्यक्ष गुप्ताले बताए ।

प्याब्सन पर्साका अध्यक्ष पुरण प्रधानको सभापतित्वमा सम्पन्न कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलम, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेल, ठाकुरराम बहुमुखी क्याम्पस वीरगञ्जका प्रमुख उमेश चौरसिया, नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खड्का, हरिदेब खरेल लगायतको सहभागिता रहेको थियो ।

उदघाटन कार्यक्रममा प्रतियोगितामा सहभागि विद्यालयहरुले मार्च पास गरेका थिए । मार्चपासमा मस्कट एकेडेमी प्रथम हुन सफल भएको छ । सेन्ट जेभियर्स दोस्रो र एमइएस एकेडेमी तृतीय स्थान हात पारेको छ ।

१४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा वीरगञ्जका २५ वटा विद्यालयले सहभागिता जनाएको आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा विजयी हुने टिमले शिल्ड तथा प्रमाणपत्र प्राप्त गर्ने छन् ।

उदघाटन खेलमा मनकामना स्कूल विजयी

प्रतियोगिताको उदघाटन खेल मनकामना सेकेण्डरी स्कूल र चिल्ड्रेन वर्ल्डविच भएको थियो । जसअन्तर्गत मनकामना स्कूल ९७ रनले विजयी भएको छ । चिल्ड्रेन वर्ल्ड ७० रनमै समेटिएपछि मनकामना विजयी भएको हो ।

टस जितेर पहिलो ब्याटिङ् गरेको मनकामनाले राहुल ठाकुरको ३४ बलमा ३ छक्का र ६ चौका हानेर बनाएको ५४ रनको योगदानले १ सय ६६ रन जोड्न सफल भएको थियो । १ सय ६७ रनको लक्ष्य सहित मैदानमा उत्रिएको चिल्ड्रेन वर्ल्ड भने ७० रनमै अलआउट भएको थियो । खेलको प्लेयर अफ द् म्याच मनकामनाका राहुल ठाकुर भए । उनलाई प्याब्सन मधेश प्रदेशका वरिष्ठ उपाध्यक्ष श्याम केसी ट्रफी प्रदान गरेर सम्मान गरे ।

प्रतियोगिता अन्र्तगत शुक्रबार तीन खेलहरु हुँदै छन् । शुक्रबार पहिलो खेलमा अल्पाईन मावि र जीवन ज्योति भिड्दै छन् भने दोस्रो खेलमा सिद्धार्थ मावि र आदर्श मावि आमने सामने हुनेछन् । तेस्रो खेलमा विद्यासागर मावि र साउथ जोन मावि बीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको फाइनल हुने आगामी माघ १४ गते शनिबार हुनेछ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -