7.7 C
Kathmandu
Saturday, January 28, 2023
7.7 C
Kathmandu
10.6 C
Birgunj

देउवा सरकारले छिमेक सम्बन्धलाई तनावग्रस्त बनाएको ओलीको टिप्पणी

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,०६ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको हितलाई मध्यनजर गर्दै सन्तुलीत, विश्वसनीय भरपर्दो अन्तर्राष्ट्रिय सम्बन्ध कायम गर्नुपर्ने बताएका छन्।

- Advertisement -

नेकपा एमाले परराष्ट्र मामिला विभागले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा ओलीले यसअघि छिमेक सम्बन्धलाई कृत्रिम रुपमा तनाव बढाउने काम भएको भन्दै अब नयाँ सरकारले सन्तुलित, विश्वसनीय भरपर्दो अन्तर्राष्ट्रिय सम्बन्ध कायम गर्नुपर्ने बताएका हुन्।

छिमेकमा बसेर अर्काको अहित गर्न नमिल्ने भन्दै उनले छिमेकीहरुका लागि असल छिमेकी हुन चाहेको जिकिर गरे। अध्यक्ष ओलीले कसैको पनि सैनिक शिविर, कुनै प्रकारको सैनिक गतिविधिहरु वा अड्डाहरुमा मुलुकलाई सहभागी नगराइने बताए।

- Advertisement -

नेपालको सार्वभौमसत्ता, स्वाधिनतामा कुनै प्रकारको सम्झौता गर्ने उनले स्पष्ट पारे। उनले अर्थतन्त्रमा देखिएका समस्या, कृत्रिम ढंगले भएको महंगी लगाएतमा अन्य राष्ट्रलाई मात्रै दोष देखाइएको र आन्तरिक रुपमा केहि गर्न नसकेको समेत बताए।

त्यस्तै ओलीले छिमेकी मुलुकको जाजय चासो र चिन्तालाई सम्बोधन गरेर अघि बढ्ने बताए।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -