शुक्रबार, बैशाख ७, २०८१
Fri, April 19, 2024

सांसद खड्काले १५ वर्षदेखि...

काठमाडौँ — कांग्रेस सांसद दीपक खड्काले १५ वर्षदेखि कब्जा गरेको लैनचौरस्थित स्काउटको जग्गा...

आज – ०७ बैशाख...

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज नयाँ सवारी...

एनआईटीबीएलले नेपालको आयात निर्यातमा...

बीरगन्ज,०६ वैैशाख । इन्टर मोडल यातायात विकास समिति (एनआईटीबीएल) ले नेपालको आयात निर्यातमा...

बीरगन्जको महाविरस्थान स्थित १...

बीरगन्ज,०६ वैशाख । पर्सा प्रहरीले बीरगन्जको महाविर स्थान नजिक एक गोदाममा छापा मारी...
21.1 C
Kathmandu
32.2 C
Birgunj

पर्सामा कुष्ठरोगकाे संख्या बढ्दै, ५४१ जना संक्रमित

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,०६ माघ । पर्सामा कुष्ठरोगका बिरामीको संख्या बढ्दै गएको छ। अन्तर्राष्ट्रिय कुष्ठरोग दिवसका अवसरमा वीरगन्जमा आयोजित कार्यक्रममा पर्सामा अहिले कुष्ठरोगका ५४१ जना बिरामी रहेको जानकारी गराइएको हो।

- Advertisement -

पर्सामा हाल कुष्ठरोगका ५४१ बिरामी रहेकोमा तीमध्ये जटील अवस्थाका ४४१ जना र सामान्य अवस्थाका ९८ जना रहेको द ल्याप्रोसी मिसन नेपालकी पर्सा जिल्ला अनुगमन तथा मूल्यांकन अधिकृत रिजु तिवारीले जानकारी दिइन्।

जिल्लामा सबैभन्दा बढी बीरगन्ज महानगरपालिकामा २०६ जना र ठोरी गाउँपालिकामा भने कुष्ठरोगका बिरामीको संख्या शून्य रहेको छ।

- Advertisement -

यस्तै पटेर्वासुगौली गाउँपालिकामा ७० जना, पोखरिया नगरपालिकामा ५१, कालिकामाई गाउँपालिकामा ४१, विन्दवासीननी गाउँपालिकामा ४०, जीराभवानी गाउँपालिकामा २६, बहुदरमाइ नगरपालिकामा २६ , जगरनाथपुर गाउँपालिकामा २३, पकाहा मैनपुर गाउँपालिकामा १७, छिपहरमाई गाउँपालिकामा १४, सखुवा प्रसौनी गाउँपालिकामा १३, धोबिनी गाउँपालिकामा ९ र पर्सागढी नगरपालिकामा ५ जना कुष्ठरोगका बिरामी रहेको उनले बताइन्।

जिल्लामा फेला परेका सबै बिरामी उपचाररत रहेको जानकारी पनि तिवारीले दिइन्। हरेक पालिकाको स्वास्थ्य संस्थाबाट ती बिरामीले स्वास्थ्य उपचार निःशुल्क पाइरहेको पनि उनले बताइन्।

तिवारीका अनुसार देशभरका सातै प्रदेशमध्ये सबैभन्दा बढी मधेस प्रदेशमा ७४३ जना र सबैभन्दा कम कर्णली प्रदेशमा ६७ जना कुष्ठरोगका बिरामी रहेका छन्।

 

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार