7.7 C
Kathmandu
Saturday, January 28, 2023
7.7 C
Kathmandu
10.6 C
Birgunj

प्याब्सन T20 क्रिकेट : जीवन ज्योति, आदर्श र साउथ जोन विजयी

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज, ६ माघ-प्याब्सन अन्तर विद्यालय नकआउट क्रिकेट प्रतियोगिता अन्र्तगत शुुक्रबार भएका खेलहरुमा क्रमशः जीवन ज्योति, आदर्श र साउथ जोन मावि विजयी भएका छन् ।

- Advertisement -

पहिलो खेलमा जीवन ज्योति मावि विजयी भएको छ । शुक्रबार बिहान अल्पाईन स्कुललाई २० रनले पराजित गर्दैै जीवन ज्योति विजयी भएको हो । टस जितेर अल्पाईनले बलिङ रोजेपछि जीवन ज्योतिले पहिला ब्याटिङ गरको थियो । १५ ओभर खेलेर ४ विकेटको क्षतिमा जीवनज्योतिले १ सय ३८ रन बनाएको थियो । १ सय ३९ रनको लक्ष्य पछ्याएको अल्पाईन १४ ओभर एक बलमा १ सय १८ रनमै अलआउट भएको थियो ।

शुुक्रबार नै भएको दोस्रो खेलमा सिद्धार्थ माविलाई ९५ रनले पराजित गर्दै आदर्श मावि विजयी भएको छ । टस जितेर सिदार्थले बलिङ रोजेपछि ब्याटिङ गरेको आदर्श माविले पुरै १५ ओभर खेलेर ३ विकेटको क्षतिमा १ सय ७० बनाएको थियो । सिद्धार्थ १ सय ७१ रनको जवाफी लक्ष्य सहित ब्याटिङमा उत्रिएको थियो । उसले १५ ओभर खेल्दा ८ विकेटको क्षतिमा ७५ रन मात्रै जोड्न सक्यो । २६ बलमा ३ चौका र २ छक्का सहित ३८ रन तथा ३ विकेट लिन सफल भएका आदर्शका क्रिस श्रीवास्ताव म्यान अफ दी म्याच घोषित भए ।

- Advertisement -

यस्तै, तेस्रो खेलमा विद्यासागर माविलाई ३५ रनले पराजित गर्दै साउथ जोन मावि विजयी भएको छ । पहिलो व्याटिंग रोजेर मैदानमा उत्रिएको साउथ जोनले समिर आलमको २ चौका र २ छक्का सहित ४१ रनको मदतले ११५ रनको योगफल खडा गरेकोमा विद्यासागरले जवाफी व्याटिंग गर्दै ८० रनमै अलआउट भएपछि साउथ जोन विजयी भएको हो । खेलका म्यान अफ द म्याच साउथ जो समीर आलमलाई प्याब्सन पर्साका वरिष्ठ सल्लाहकार हरिशंकर शाहले पुरस्कार दिएर सम्मनित गरे ।

टि–२० क्रिकेट प्रतियोगिता भएपनि दैनिक तीन वटा खेल सञ्चालन गर्नुपर्ने भएकोले क्वाटरफाईनलसम्म १५ ओभरको खेल खेलाईने प्याब्सन पर्साका प्रवक्ता अशोक संग्रौलाले जानकारी दिनुभयो । माघ १४ गतेसम्म संचालन हुने प्रतियोगितामा वीरगञ्जका २५ वटा विद्यालयले सहभागी जनाएको आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा शनिबार पनि तीन खेल हुदैंछन् । शनिबार माउण्ट एडमण्ड र मिनिल्याण्ड, ओम नेशनल र ज्ञानदा तथा गौतम र कन्चनजंघा बीच प्रतिस्पर्धा हुनेछ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -