10.1 C
Kathmandu
Saturday, January 28, 2023
10.1 C
Kathmandu
14.7 C
Birgunj

घण्टीमा भोट माग्ने नेता–कार्यकर्तालाई कारबाही गर्छौँ : माधव नेपाल

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,०७ माघ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गएको निर्वाचनमा अर्कै पार्टीका लागि भोट माग्ने नेता–कार्यकतालाई कारबाही गर्ने चेतावनी दिएका छन् ।

- Advertisement -

शनिबार पार्टीको रौतहट–काठमाण्डौ सम्पर्क मञ्चले काठमाडौंमा गरेको सम्मान कार्यक्रममा उनले रौटहटमा केही नेता–कार्यकर्ताले समानुपातिकतर्फ घण्टीमा मत मागेको खुलेको बताए । त्यस्तो कार्यमा संलग्न नेता–कार्यकतालाई कारबाही गर्ने चेतावनी उनले दिए ।

उनले घण्टीको प्रचार गर्नेले कारणसहित अहिले नै पार्टीमा इमानदारीका साथ जानकारी गराउन आग्रह समेत गरे ।

- Advertisement -

नेपालले वर्तमान राजनैतिक सन्दर्भमा आफ्नो पार्टीको बेग्लै भूमिका रहेको उनको भनाइ छ । नेपालको राजनैतिक साथै आर्थिक, सामाजिक, सांस्कृतिक क्षेत्रको रूपान्तरण र परिवर्तन आवश्यक भएको उनले उल्लेख गरे ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -