10.1 C
Kathmandu
Saturday, January 28, 2023
10.1 C
Kathmandu
14.7 C
Birgunj

मधेससँग लभ गरेर प्रचण्डले अर्कैसँग लगनगाँठो कसेको राजकिशोरको गुनासो

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ,०७ माघ । जनता समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य एवं सांसद राजकिशोर यादवले सदनमा भएको बहसको लागि बहस मात्र नहोस् जनताले बढो उत्साहका साथ सदनलाई हेरिरहेको बताएका छन् । शनिवार संसद्मा बोल्दै उनले जनप्रतिनिधिहरू बोल्नमा अन्य कुनै मुलुकभन्दा कम छैन तर व्यवहार बोलेको अनुसार नभएको गुनासो गरे ।

- Advertisement -

प्रधानमन्त्री प्रचण्डले अभुतपूर्व मत पाइरहँदा उनीमाथि निकै विश्वास जागेको तर प्रचण्ड प्रचण्डको रूपमा नरहेर पुष्पकमल दाहाल बनेको त होइन भनी आशङ्काहरू भइरहेको उनले टिप्पणी गरे । उनले भने, ‘नेपालीहरू नागरिकता नपाएर अनागरिक भएका छन्, किसानले मल र बीउ नपाएर बिच्चलीमा छन् तर यहाँ ढोक्सा, माछा र पिँजराको कहानी सुनाउने काम भएको छ ।’

सदनमा वैचारिक बहस हुनुपर्ने भन्दै सांसद यादवले यहाँ नाकको भइरहेको लडाइँलाई तीन करोड जनताले नियाली रहेको धारणा उनले राखे । उनले भने, ‘सिरहाका जनताले उहाँलाई जितायो, उहाँले भावुक भएर मधेससँग लभ परेको भन्नुभयो । लभ मधेससँग गर्नुभयो लिभिङ टुगेदर काँग्रेससँग र लगनगाँठो अर्कैसँग गर्नुभयो ।’ जनलोकपाल बिल ल्याएर सबैको सम्पत्ति छानबिन गरियोस् भनी माग गर्दै उनले संविधानलाई सबैको साझा संविधान बनाउने पनि आग्रह गरे ।

- Advertisement -

मधेसी जनता सदनतिर हेर्दै छन्, त्यसलाई अँगालोमा लिने कि नलिने भनी प्रश्न गर्दै उनले सबै प्रकारको विभेद निर्मूल पार्ने जिम्मेवारी सांसदको काँधमा आएको छ र त्यसलाई कुशलतापूर्वक निर्वाह गर्न आग्रह गरे ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -