10.1 C
Kathmandu
Saturday, January 28, 2023
10.1 C
Kathmandu
14.7 C
Birgunj

प्याब्सन T 20 क्रिकेट : लिटिल एन्जल, मनकामना र मिनिल्याण्ड विजयी

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज, ८ माघ-प्याब्सन अन्तर विद्यालय नकआउट क्रिकेट प्रतियोगिता अन्र्तगत आईतबार पनि तीन खेलहरु भएका छन् । आईतबार भएका खेलमा लिटिल एन्जल, मनकामना र मिनिल्याण्ड मावि विजयी भएका छन् ।

- Advertisement -

आईतबार भएको नकआउट चरको अन्तिम खेलमा लिटिल एन्जल स्कुल विजयी भएको छ । सेन्ट जेभियर्स स्कुललाई ९ विकेटले पराजित गर्दैै लिटिल एन्जल विजयी भएको हो । टस जितेर ब्याटिङ रोजेको सेन्ट जेभियर्सले पुरै १५ ओभर खेलेर ४ विकेटको क्षतिमा १ सय ८ रन बनाएको थियो । १ सय ९ रनको लक्ष्य सहित जवाफी ब्याटिङमा उत्रिएको लिटिल एन्जलले मात्र १ विकेटको क्षतिमा ११.४ ओभरले लक्ष्य पुरा गरेपछि विजयी भएको हो । खेलमा ४० रन बटुल्न सफल लिटिल एन्जलका अनमोल गुप्ता म्यान अफ दी म्याच घोषित भए ।

यस्तै, आईतबारबाट शुरु भएको प्रि क्वाटर फाईनल चरणको पहिलो खेलमा मनकामना मावि विजयी भएको छ । गोल्डेन फ्युुचर माविलाई ७ विकेटले पराजित गर्दै मनकामनाले क्वाटर फाईनलमा स्थान सुरक्षित गरेको हो । टस जितेर ब्याटिङ रोजेको गोल्डेन फ्युचरले पुरै १५ ओभरमा ९ विकेटको नोक्सानीमा मात्र ९८ रन बनाएकोमा जवाफी ब्याटिङ गरेको मनकामनाले ९.५ ओभर खेल्दै मात्र ३ विकेटको नोक्सानीमा निर्धारित लक्ष्य पार गर्दै १०२ रन बनाएपछि विजयी भएको हो । खेलमा ३ विकेट झारेका मनकामनाका रोबिन कुमाल म्यान अफ द म्याच घोषित भए ।

- Advertisement -

यसैगरी, प्रि क्वाटर फाईनल चरणको आईतबार नै भएको दोस्रो खेलमा जीवनज्योति माविलाई ८ विकेटले पराजित गर्दै मिनील्याण्ड मावि विजयी भएको छ । टस जितेर ब्याटिङ रोजेको जीवनज्योतिले पुरै १५ ओभरमा ५ विकेटको नोक्सानीमा १३० रन बनाएकोमा जवाफी ब्याटिङ गरेको मिनील्याण्डले ११.४ ओभर खेल्दै मात्र २ विकेटको नोक्सानीमा निर्धारित लक्ष्य पूरा गरेपछि विजयी भएको हो । खेलमा २ छक्का र १४ चौका सहित ८१ रनको योगदान दिएका मिनील्याण्डका सोनु पटेल म्यान अफ द म्याच घोषित भए ।

सोमबार पनि प्रि क्वाटर फाईनल चरणका तीन खेल हुने प्याब्सनका प्रवक्ता अशोक संग्रौलाले जानकारी दिए । सोमबार आदर्श मावि र न्यु वेभ, साउथ जोन र मस्कोट एकेडेमी तथा गौतम मावि र विकन मावि बीच खेलहरु हुने प्रवक्ता संग्रौलाले जानकारी दिए । । माघ १४ गतेसम्म संचालन हुने प्रतियोगितामा वीरगञ्जका २५ वटा विद्यालयको सहभागीता छ । प्रतियोगितामा विजयी हुने टिमले शिल्ड तथा प्रमाणपत्र प्राप्त गर्ने छन् ।

 

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -