बीरगन्ज,८ माघ – पर्सा क्षेत्र नं. ३ को (क) बाट स्वतन्त्र रुपमा चुनाव जितेका प्रमोद जैसवाल आफ्नो पुरानै पार्टीमा फर्किएका छन् । निर्वाचनमा भागवण्डाका कारण जैसवालले टिकट नपाएपछि स्वतन्त्र तर्फबाट निर्वाचनमा भाग लिएर बिजयी बनेका थिए ।
यसअघि उनका दाई प्रदिप जैसवाल जनता समाजवादी पार्टीबाटै पर्साको सखुवा प्रसौनी गाउँपालिका नेकपा एमालेका उम्मेदवार जसवन्त यादवसँग पराजित भएका थिए ।
प्रदेश सांसद जैसवालले ठूलो प्रयास गर्दा समेत पार्टीबाट टिकट नपाएपछि स्वतन्त्रमा उम्मेदावरी दिएका थिए । उनलाई एक कार्यक्रमका बिच जनता समाजवादी पार्टीका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवले अवीर र खादा ओढाएर पार्टीमा स्वागत गरेका छन् ।
आजै आयोजित पार्टी प्रवेश कार्यक्रममा मधेश प्रदेश महोतरी जिल्लाको क्षेत्र न .२ को (ख) बाट निर्वाचित स्वतन्त्र प्रदेश सांसद सुरिता साह पनि जसपामा प्रवेश गरेकी छिन् । पार्टी प्रवेश कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादव,रामसहाय यादव,प्रदिप यादव,रामबाबु प्रसाद यादव लगायतका नेताहरुको उपस्थिती रहेको थियो । नयाँ सांसदहरु थपिएसँगै मधेश प्रदेशसभामा जसपाको सांसद संख्या १८ पुगेको छ।