शुक्रबार, चैत्र १६, २०८०
Fri, March 29, 2024

पर्सामा ४३५ परीक्षार्थी एसईईको...

बीरगन्ज,१६ चैत । पर्सा जिल्लामा ४ सयभन्दा बढी परीक्षार्थीे माध्यमिक शिक्षा परीक्षा (एसईई)...

सरकारले निर्माण व्यवसायीहरूको ६०...

काठमाडौँ,१६ चैत । प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले निर्माण...

बालिका अपहरण गरी ...

बीरगन्ज, १६ चैत । बारामा १ जना सुस्त मनस्थितिकी बालिकालाई करणी गरेको आरोपमा...

चितवनमा बढे बैंकिङ कसुरका...

चितवन,१६ चैत । जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको ९ महिनामा सात...
23.1 C
Kathmandu
34.8 C
Birgunj

व्यवसायीक कृषिका लागि तालिम, बिउ तथा बजारको प्रबन्ध महानगरले गर्छ : मेयर सिंह

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,८ माघ – बीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले कृषकलाई सम्पन्न बनाउन व्यवसायीक कृषि खेतिलाई अगाडी बढाउनुपर्ने भन्दै त्यसका लागि महानगरले आवश्यक सहयोग गर्ने बताउनुभएको छ ।

- Advertisement -

बीरगन्जको वडा नम्वर ३१ र ३२ का स्थानीय कृषकले सोलकपुरमा संयुक्त रुपमा स्थापना गरेको हरियाली कृषक समूहको आइतबार उद्घाटन गर्नुहुँदै प्रमुख सिंहले यस्तो बताउनुभएको हो ।

‘बढी प्रतिफल प्राप्त हुने तरकारी तथा नगदे बाली व्यवसायीक रुपमा लगाउन महानगरले आवश्यक सहयोग गर्छ,’ उहाँले भन्नुभयो, ‘त्यसका लागि आवश्यक तालिम, बिउ तथा बजारको प्रबन्ध महानगरले गर्छ ।’ उहाँले यस्ता कृषी समूह तथा सहकारीहरुले आर्थिक पारदर्शीतालाई प्राथमिकतामा राखेर काम गर्नु पर्नेमा पनि जोड दिनुभयो ।

- Advertisement -

कार्यक्रममा वडा नम्वर ३१ का वडाध्यक्ष जितेन्द्र प्रसाद यादबले ग्रामिण क्षेत्रको रुपमा रहेको महानगरको ३१, ३२ वडामा कृषि तथा पशु प्राविधिकको व्यवस्था गरिदिन माग गरेका थिए ।

३१ जना सदस्य रहेको समूहले आत्मनिर्भरका लागि समूहकै सदस्यबाट अहिलेसम्म ७ लाख रुपैयाँभन्दा बढी बचत संकलन गरेको छ । संकलित रकमबाट कृषि तथा पशुपालन गर्न चाहने कृषिकका लागि आवश्यक लगानी गर्दै आएको संस्थाका सचिव राजेश साह सोनारले जानकारी दिए ।

संस्थाका अध्यक्ष अब्दुल बराकत अंसारीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा शेष भिखारी, इमामुल अन्सारी, मैना देवी नुनियाँ, मोरियम खातुन, तमन्ना खातुन, इर्साद अंसारी, पुजा देवी राम, सावित्री कार्की, मुक्ति चौधरी लगायत स्थानीयको सहभागिता रहेको थियो ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार