काठमाडौं,०९ माघ । नेपाल टी–२० लिगमा स्पट फिक्सिङ प्रक्ररणमा राष्ट्रिय क्रिकेट टोलीका सदस्य आदिल अन्सारी र पूर्वराष्ट्रिय क्रिकेटर मेहबुब आलम पक्राउ परेका छन् ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले दुबैजनालाई पक्राउ गरेको प्रहरी उच्च स्रोतले बतायो । आलम नेपाल राष्ट्रिय क्रिकेट टोलीका पूर्वअलराउण्डर हुन् । उनको नाममा एकैखेलमा १० विकेट लिएको कीर्तिमानी छ ।
यस्तै, अन्सारीले गत जेठमा मात्रै अमेरिकाविरुद्धको खेलबाट राष्ट्रिय टिममा डेब्यू गरेका थिए ।
- Advertisement -
नेपाल क्रिकेट संघको रणनीति साझेदार सेभेन थ्री स्पोर्टस्का मालिक जतिन अहुवालियाको योजना अनुसार उनिहरु स्पट फिक्सिङमा सहयोग गरेको सीआईबी स्रोतले जनाएको छ ।