10.1 C
Kathmandu
Saturday, January 28, 2023
10.1 C
Kathmandu
14.7 C
Birgunj

मधेस प्रदेशमा किन हुन सकेन मन्त्रिपरिषद् विस्तार ?

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुर,०९ माघ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले २९ पुसमा जनता समानवादी पार्टी (जसपा) नेकपा एमाले र जनमत पार्टीबाट एक–एक जना मन्त्री नियुक्त गरे ।

- Advertisement -

जसपाका सञ्जय यादव, एमालेका सरोज यादव र जनमतका बसन्त कुशवाह बिना विभागीय हैसियतमा छन् । जसपाका मुख्यमन्त्री यादवले ४ माघमा विश्वासको मत समेत लिइसकेका छन् । तर मन्त्रिपरिषद विस्तार भने अझै हुन सकेको छैन ।

नेताहरुका अनुसार यसको कारण सत्ता साझेदार दलहरुबीच मन्त्रालय भागवण्डा नमिल्नु हो ।

- Advertisement -

मधेश प्रदेशमा १० वटा मन्त्रालय छ । जनमत संसदीय दलका नेता महेशप्रसाद यादवका अनुसार सुरुमा एमाले ४, जसपा मुख्यमन्त्रीसहित ३ र जनमतले तीनवटा मन्त्रालय लिने र माओवादी केन्द्रलाई एउटा मन्त्रालय दिने सहमति बनेको थियो । तर मुख्यमन्त्री यादवले सरकारलाई विश्वासको मत दिएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई पनि सरकारमा सहभागी गराउन चाहेका छन् ।

सत्ता गठबन्धनमा मधेस सरकारको नेतृत्व मुख्यमन्त्री जसपा र जनमत पार्टीले आलोपालो गर्ने सहमति भएको छ । तर दुबै दल केन्द्रमा भएको बाँडफाँटमा सन्तुष्ट छैनन् ।

उपराष्ट्रपति पद नपाएका कारण जनता समाजवादी पार्टी सरकारमा सहभागी भएको छैन । जनमत पार्टीका अब्दुल खान बिना विभागीय मन्त्री भए पनि पदबहाली गरेका छैनन् । प्रधानमन्त्रीले दिएको खानेपानी मन्त्रालय लिन अस्वीकार गरेका छन् । पूर्व सहमतिअनुसार उद्योग मन्त्रालय पाउनुपर्ने उनको माग छ ।

जसपाका एक प्रदेशसभा सदस्यका अनुसार जसपा र जनमत दुबै दलले केन्द्रमा आफूहरुलाई एक्ल्याएको महसुस गरेका छन्, जसका कारण पनि प्रदेशको मन्त्रालय भागवण्डा टुंगिन सकेको छैन । जनमत पार्टीबाट बिना विभागीयमन्त्री रहेका बसन्त कुशवाहका अनुसार एमालेले ३, जसपा र जनमतले दुई–दुईवटा मन्त्रालय लिने गरी मन्त्रिपरिषद विस्तारको तयारी छ ।

जसपाले अर्थ, एमालेले भौतिक पूर्वाधार र जनमतले सामाजिक विकास मन्त्रालय लिने लगभग सहमति छ । तीनवटै दलले एक–एकवटा राज्यमन्त्री पनि लिन छन् भने माओवादी केन्द्र र लोसपालाई एक–एक वटा मन्त्रालय दिने पनि तयारी छ ।

सहमतिका लागि शीर्ष तहमा संवाद चलिरहेको छ । त्यसका लागि काठमाडौं आएका मुख्यमन्त्री यादवले भने, ‘म मुख्यमन्त्री भएयता बिदा र व्यस्तता दुबै भयो । त्यसकारण विस्तार गर्न सकिनँ । भोलि जनकपुर फर्किएर सबै दलसँग छलफल गरी २/३ दिनभित्र मन्त्रिपरिषद् विस्तार गर्छु ।’

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!

ताजा समाचार

थप समाचार

- Advertisement -