7.7 C
Kathmandu
Saturday, January 28, 2023
7.7 C
Kathmandu
10.6 C
Birgunj

प्याब्सन T20 क्रिकेट : आदर्श, साउथ जोन र गौतम क्वाटर फाईनलमा

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज, ९ माघ- प्याब्सन अन्तर विद्यालय नकआउट क्रिकेट प्रतियोगिता अन्र्तगत सोमबार भएका खेलमा आदर्श मावि, साउथ जोन मावि र गौतम मावि विजयी हुदैं क्वाटर फाईनल प्रवेश गरेका छन् ।

- Advertisement -

सोमबार भएको खेलमा न्यू वेभ एकेडेमीलाई ८ विकेटले पराजित गर्दै आदर्श मावि विजयी भएको छ । टस जितेर ब्याटिङ रोजेको न्यू वेभले पुरै १४.५ ओभर खेलेर १० विकेटको क्षतिमा मा ५९ रन बनाएको थियो । ६० रनको लक्ष्य सहित जवाफी ब्याटिङमा उत्रिएको आदर्शले मात्र २ विकेटको क्षतिमा ६.५ ओभर खेलेर लक्ष्य पार गरेपछि विजयी भएको हो । खेलमा ३ विकेट लिन सफल न्यू वेभका सोनु पटेल म्यान अफ दी म्याच घोषित भए ।

यस्तै, सोमबारबाट भएको दोस्रो प्रि क्वाटर फाईनल चरणको खेलमा साउथ जोन मावि विजयी भएको छ । मस्कोट एकेडेमीलाई ९ विकेटले पराजित गर्दै साउथ जोनले क्वाटर फाईनलमा स्थान सुरक्षित गरेको हो । टस जितेर ब्याटिङ रोजेको मस्कोटले पुरै १५ ओभरमा ४ विकेटको नोक्सानीमा मात्र ६५ रन बनाएकोमा जवाफी ब्याटिङ गरेको साउन जोनले ८.२ ओभर खेल्दै मात्र १ विकेटको नोक्सानीमा निर्धारित लक्ष्य पूरा गरेपछि विजयी भएको हो । खेलमा ३५ रनको योगदान दिएका साउथ जोनका अमित कुशवाहा म्यान अफ द म्याच घोषित भए ।

- Advertisement -

यसैगरी, प्रि क्वाटर फाईनल चरणको सोमबार नै भएको तेस्रो खेलमा विकन माविलाई १ विकेटले पराजित गर्दै गौतम मावि विजयी भएको छ । टस जितेर ब्याटिङ रोजेको बिकनले पुरै १४.२ ओभरमा पुरै विकेट खर्चेर ७९ रन बनाएकोमा जवाफी ब्याटिङ गरेको गौतमले १२.१ ओभर खेल्दै मात्र ९ विकेटको नोक्सानीमा निर्धारित पार गर्दै ८३ बनाएपछि विजयी भएको हो । खेलमा ३ ओभरमा ३ विकेट लिएर योगदान दिएका गौतमका रितेश कुमार सर्राफ म्यान अफ द म्याच घोषित भए ।

मंगलबार पनि प्रि क्वाटर फाईनल चरणका तीन खेल हुने प्याब्सनका प्रवक्ता अशोक संग्रौलाले जानकारी दिए । मंगलबार ज्ञानदा एकेडेमी र एमईएस स्कूल, मुनलाईट र हिमालयन पिरामिड तथा लिटल एन्जल्स मावि र ज्ञानज्योति मावि बीच खेलहरु हुने प्रवक्ता संग्रौलाले जानकारी दिए । । माघ १४ गतेसम्म संचालन हुने प्रतियोगितामा वीरगञ्जका २५ वटा विद्यालयको सहभागीता छ । प्रतियोगितामा विजयी हुने टिमले शिल्ड तथा प्रमाणपत्र प्राप्त गर्ने छन् ।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!

ताजा समाचार

थप समाचार

- Advertisement -