बिहिबार, बैशाख १३, २०८१
Thu, April 25, 2024

भोलिदेखि कक्षा १२ को...

१३ वैशाख, भक्तपुर । कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरु हुँदै छ...

पूर्वमन्त्री आलमसहित चार जनालाई...

१३ वैशाख, काठमाडौं । जिल्ला अदालत रौतहटले पूर्वसांसद मोहम्मद आफताव आलमसहित चार जनालाई...

योजना कार्यान्वयनका लागि रूपान्तरणका...

१३ वैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले योजना कार्यान्वयनका लागि रचनात्मक रूपान्तरणका...

पर्साको धोबिनी गाउँपालिकाको स्वास्थ्य...

१३ वैशाख १३ वीरगंज । पर्साको धोबिनी गाउँपालिकामा रहेको स्वास्थ्य संस्थाहरूमा औंषधी अभाव...
18.1 C
Kathmandu
27.3 C
Birgunj

बारामा फरार प्रतिवादी पक्राउ गर्न प्रहरीले अग्ररता देखाए ,एकै दिन ३३२ जना पक्राउ

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बारा,९ माघ – जिल्ला प्रहरी कार्यालय बाराले एकै दिन ३३२ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । अदालतबाट फैसला कार्यान्वयनको लागि प्राप्त फरार प्रतिवादीहरूलाई पक्राउ गरी कानूनी कारवाहीको दायरामा ल्याउने उदेश्यले संचालित फरार प्रतिवादी पक्राउ अभियान अन्तरगत सोमवार एकै दिन बिभिन्न मुद्दामा फरार रहदै आएका ३३२ जना प्रतिवादीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

- Advertisement -

उनीहरुलाई जिल्लाका विभिन्न ठाउँबाट पक्राउ गरी सम्मानित बारा जिल्ला अदालतमा आवश्यक कारवाहीको लागि
बुझाइएको जिल्ला प्रहरी कार्यालय बाराले एक प्रेस नोट जारी गर्दै जानकारी दिएको छ ।

लामो समयदेखी अदालतबाट कैद तथा जरिवानाको फैसला भई कानूनी कारवाहीको दायराबाट भाग्दै लुकीछिपी बस्दै आएका फरार प्रतिवादीहरूलाई पक्राउ गरिएको हो । यसमा अधिकतम ६ वर्ष ५ महिना १० दिन कैद सजाय भएका जिल्ला बारा कलैया उ.म.न.पा. वडा नं.१ बस्ने विजय दास देखी बैकिङ्ग कसूर मुद्दामा रु.७,००,०००/ जरिवाना सजाय भएका जिल्ला बारा पचरौता नगरपालिका वडा नं.२ बस्ने एजाजुल हक अंसारी, हातहतियार खरखजाना मुद्दामा २।११।०६ दिन कैद सजाय भएका जिल्ला बारा निजगढ नगरपालिका वडा नं. १ बस्ने बासु चौधरी लगयात छन ।

- Advertisement -

पक्राउ परेका मध्ये ३६ जनालाई थुनुमा राख्न पर्सा कारागार कार्यालय चलान गरिएको छ भने बाँकी जरिवाना भुक्तान गरी मुक्त भएका छन । फैसला कार्यान्वयन गरी समाजमा सुरक्षाको अनुभुति दिलाउन र अपराध गरिसकेपछि कोही पनि तोकिएको सजाय, जरिवाना भुक्तान नगरी लुकीछिपी बस्न नसक्ने हुँदा प्रहरीले फैसला कार्यावन्यनलाई अभियानको रूपमा संचालन गरेको जिल्ला प्रहरी कार्यालय बाराको भनाई छ । यो अभियान अगामी दिनमा पनि जारी रहने जिल्ला जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी राजेश थापाले बताए ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार