काठमाडाैँ,१० माघ । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले नवनिर्वाचित सभामुख र उपसभामुखले दलभन्दा माथि उठेर काम गर्नेमा आफू विश्वस्त रहेको बताएका छन् ।
मंगलबार प्रतिनिधिसभामा बोल्दै उनले कुनै पार्टीका सांसदलाई तुरुन्त निलम्बन गर्ने र कुनै पार्टीका सांसदलाई निलम्बन नगर्ने व्यवहार नदेखाउन उनले आग्रह गरे ।
उनले सांसदमा बोल्न पाउने समयका बारेमा पनि असन्तुष्टि जनाए । सिट संख्याका आधारमा बोल्ने समय दिँदा ९० सिट भएको पार्टीको सांसदले ९० मिनेट र १ सिट भएको वा स्वतन्त्र सांसदलाई १ मिनेट मात्रै बोल्न दिइनु वैज्ञानिक नभएको उनको भनाइ थियो ।
- Advertisement -
‘त्यसो भए ९० सिट भएको सांसदलाई चिया खान पनि ९० मिनेट दिनुपर्यो,’ राउतले भने ।