काठमाडौं,११ माघ । हिजाेका दिन दिउँसो संसद भवनअगाडि आफ्नो शरीरमा पेट्रोल खनाएर आगो लगाई आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यको आन बिहान पाँच बजे उपचारको क्रममा निधन भएको छ ।
आचार्यका लागि न्याय माग्दै युवाहरू सडकमा उत्रिएका छन् । उक्त घटनाको विरोद्ध गर्दै माइतीघरमा केही युवाहरूले स्वस्फुर्तरूपमा प्रदर्शन गरेका हुन् ।
उनीहरुले लुटतन्त्र, भ्रष्टाचारविरुद्ध एकजुट हौं भन्दै आचार्यले उठाएका सवालहरूलाई पूरा गर्न पनि दबाब दिएका छन् ।
- Advertisement -
आचार्यको आत्मदाहमा राज्य जिम्मेवार भएको भन्दै युवाहरूले ‘अब अर्को श्रद्धाञ्जली मेरो लागि नहोस् १’ भन्दै सचेतसमेत गराएका छन् ।
उनीहरूले प्रेमको आत्महत्या नभएर हत्या भएको दाबी गरेका छन् ।