10.1 C
Kathmandu
Saturday, January 28, 2023
10.1 C
Kathmandu
14.7 C
Birgunj

मधेस प्रदेशका अर्थमन्त्री यादवले शुक्रबार पदभार ग्रहण गर्ने

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुर,११ माघ । जनता समाजवादी पार्टी नेपालबाट मधेश प्रदेशमा अर्थमन्त्रीको जिम्मेवारी पाएका सञ्जयकुमार यादवले शुक्रबार पदभार ग्रहण गर्ने भएका छन् ।

- Advertisement -

गत पुष २९ गते मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले उनलाई नियुक्त गरेका थिए । पुष २९ गते विना विभागीय मन्त्री नियुक्त भई मुख्यमन्त्रीसँगै शपथ ग्रहण गरिसकेका उनले हिजो मात्रै अर्थमन्त्रीको जिम्मेवारी पाएका छन् ।

मंगलबार अर्थ मन्त्रालयको जिम्मेवारी पाएका मन्त्री यादवले शुक्रबार पदभार ग्रहण गर्ने जनाइएको छ । मंगलबार सम्पन्न मन्त्रिपरिषद्को बैठकले उनीसँगै नियुक्त भई विभाग नपाएका नेकपा (एमाले) संसदीय दलका नेता सरोजकुमार यादवलाई भौतिक पूर्वाधार विकास मन्त्रालय तथा जनमत पार्टीका वसन्त कुशवाहालाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिएको छ ।

- Advertisement -

जिम्मेवारी तोकिएका ३ मन्त्रीमध्ये अर्थमन्त्रीले शुक्रबार पदभार ग्रहण गर्ने जनाइए पनि २ जनाले भने कहिले गर्ने निश्चित भएको छैन ।

यस प्रदेशमा १० मन्त्रालय छन् । ३ मन्त्रालय बाँडफाँड भएपनि मुख्यमन्त्री यादवले बाँकी सात मन्त्रालय भने हाल आफैँसँग राखेका छन् ।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!

ताजा समाचार

थप समाचार

- Advertisement -