10.1 C
Kathmandu
Saturday, January 28, 2023
10.1 C
Kathmandu
14.7 C
Birgunj

प्याब्सन T20 क्रिकेट : मनकामना, एमईएस र साउथ जोन सेमिफाईनल प्रवेश

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज, ११ माघ -सातौं प्याब्सन अन्तर विद्यालय नकआउट क्रिकेट प्रतियोगितामा मनकामना, एमईएस र साउथ जोन सेमिफाईनल प्रवेश गरेका छन् ।

- Advertisement -

बुधबार भएका क्वाटर फाईनल चरण अन्तर्गतका खेलहरुमा ज्ञान ज्योतिलाई पराजित गर्दै मनकामना, आदर्श माविलाई पराजित गर्दै एमईएस र मुनलाईटलाई पराजित गर्दै साउथ जोन माविले सेफिफाईनलमा आफ्नो स्थान सुरक्षित गरेका हुन् ।

बुधबार पहिलो खेलमा ज्ञान ज्योतिलाई मात्र ३ विकेटले मनकामना माविले पराजित गरेको हो । टस जितेर ब्याटिङ रोजेको ज्ञान ज्योतिले पुरै १५ ओभर खेलेर ८ विकेटको क्षतिमा मात्र ७८ रन बनाएको थियो । ७९ रनको झिनो लक्ष्य सहित जवाफी ब्याटिङमा उत्रिएको मनकामनाले ७ विकेटको क्षतिमा १३.५ ओभर खेलेर लक्ष्य पार गरेको थयो । खेलमा मनकामनाका अभय सर्राफ म्यान अफ दी म्याच घोषित भए ।

- Advertisement -

यस्तै, बुधबार नै भएको क्वाटर फाईनल चरणको खेलमा एमईएस मावि विजयी भएको छ । आदर्श माविलाई ३१ रनले पराजित गर्दै एमईएसले सेमिफाईनलमा स्थान सुरक्षित गरेको हो । टस जितेर एमईएसले ब्याटिङ रोजेकोमा पुरै १५ ओभरमा ५ विकेटको नोक्सानीमा १०७ रन बनाएकोमा जवाफी ब्याटिङ गरेको आदर्शले १३.५ ओभर खेल्दै पुरै विकेट खर्चेर मात्र ७६ रन बनाउन सक्यो । खेलमा २ छक्का र ४ चौकासहित ४८ रनको योगदान दिएका एमईएसका एजाज खान म्यान अफ द म्याच घोषित भए ।

यसैगरी, बुधबार भएको तेस्रो क्वाटर फाईनलमा मुनलाईटलाई ७८ रनले पराजित गर्दै साउन जोन मावि विजयी भएको छ । टस जितेर साउथ जोनले पहिले ब्याटिङ गरेर पुरै १५ ओभरमा ६ विकेटको नोक्सानीमा १४० रन बनाएकोमा जवाफी ब्याटिङ गरेको मुनलाईट ३ विकेट खर्चेर पुरै ओभर खेल्दा पनि मात्र ६२ रनै समेटियो । खेलमा ३ छक्का र छ चौका सहित ६० रनको योगदान दिएका साउथ जोनका मुन्ना यादव म्यान अफ द म्याच घोषित भए ।

सातौं प्याब्सन अन्तर विद्यालय नकआउट क्रिकेट प्रतियोगिता अन्र्तगत बिहीबार भने एउटा मात्र खेल हुन प्याब्सन पर्साका प्रवक्ता अशोक संग्रौलाले जानकारी दिए । बिहीबार सरस्वती पूजा परेको हुँदा अन्तिम गौतम मावि र मिलील्याण्ड मावि बीचको एउटा मात्र क्वाटर फाईनल खेल हुने संग्रौलाले जानकारी दिए । माघ १४ गतेसम्म संचालन हुने प्रतियोगितामा वीरगञ्जका २५ वटा विद्यालयको सहभागीता छ । प्रतियोगितामा विजयी हुने टिमले शिल्ड तथा प्रमाणपत्र प्राप्त गर्ने छन् ।–

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!

ताजा समाचार

थप समाचार

- Advertisement -