मङ्लबार, बैशाख ११, २०८१
Tue, April 23, 2024

जनसंख्या विकास सम्बन्धी सम्मेलनमा...

काठमाडौं,११ वैशाख । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव जनसंख्या सम्बन्धी सम्मेलनमा...

औषधिमा प्रयोग हुने केमिकल...

धादिङ,११ वैशाख । रुपन्देहीको सुनौलीबाट औषधिमा प्रयोग हुने केमिकल काठमाडौँतर्फ जाँदै गरेको ना४ख...

बारामा वरिष्ठ सईले बोकेको...

बारा,११ वैशाख । इलाका प्रहरी कार्यालय अमलेखगन्जका वरिष्ठ सईले बोकेको अटोमेटिक पेस्तोल गायब...

मलेसियामा दुईवटा हेलिकप्टर आकाशमै...

क्वाललम्पुर,११ वैशाख । मलेसियामा नौसेनाको तालिमका क्रममा दुईवटा हेलिकप्टर आकाशमै ठोक्किएर दुर्घटनामा परेका...
29.1 C
Kathmandu
41.1 C
Birgunj

हिमपातले सडक अवरुद्ध

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

मुगु– हिमाली जिल्ला मुगुमा पहिलो पटक परेको भारी हिमपातले कर्णाली राजमार्गअन्तर्गत नाग्म-गमगढी सडक अवरुद्ध हुँदा स्थानीयवासीसँगै यातायात व्यवसायीलाई सास्ति भएको छ । यही माघ १० गते भएको भारी हिमपातले नाग्म-गमगढी सडक अवरुद्ध भएको हो । कर्णाली राजमार्गअन्तर्गत रहेको सो सडक अवरुद्ध भएको आज दुई दिन भएको छ ।

- Advertisement -

सो सडकको जुम्लादेखि मुगुको घुच्ची पिनासम्म सडकमा झन्डै दुई फिट भन्दा बढी हिउँ जमेपछि सडक अवरुद्ध भएको हो । मुगु र जुम्ला जोड्ने सीमा क्षेत्र बुलबुले र घुच्ची लेकमा बाक्लो हिउँ जमेको छ । घाम लागेको खण्डमा दुई दिनभित्र सडक सञ्चालन हुन सक्छ । तत्काल भने सडक खुल्ने सम्भावना देखिएको छैन ।

सडक अवरुद्ध भएपछि जुम्ला र मुगुको आवतजावतमा समस्या भएको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले बताए । उनका अनुसार पहिले जस्तो हिउँ जमेको छैन । दुई चार दिनमै घाम लाग्यो भने सडक सुचारुमा आउने उनको भनाइ छ । जुम्ला हुँदै मुगु राराताल आउने छोटो पर्यटकीय मार्ग जुम्ला उर्थु पटमारा कार्वा बुलबुले जोड्ने सडक पनि अवरुद्ध भएको छ ।

- Advertisement -

उक्त सडक अवरुद्ध भएपछि छोटो मार्ग भएर मुगु जाने आन्तरिक पर्यटक र स्थानीय प्रभावित भएका छन् । माघ १० गते परेको हिमपातले मुगु लगायत कर्णालीका माथिल्ला जिल्लाका उच्च स्थानमा हिमपात भएको थियो ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार