बीरगन्ज,१३ माघ – प्रेस सेण्टर जिल्ला समन्वय समिति पर्साले हवाई दुर्घटनामा मृत्यु भएको स्व.पत्रकार त्रिभुवन पौडेल र अनिल शाहीको १३ औं दिनको पुण्य तिथीमा बीरगन्जमा श्रद्धाञ्जली सभाको आयोजना गरेको छ ।
श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दिपेन्द्र चौहानले त्रिभुवन पौडेल र अनिल शाहीको अल्पआयुमै हवाई दुर्घटनामा भएको मृत्युले नेपाल पत्रकार महासंघ मर्माहत भएको बताए । उनले उहाँहरु नेपाली पत्रकारितामा उद्यमान असल पत्रकार भएका बताउँदै उहाँहरुलाई पत्रकार जगत सधै सम्झी रहने बतावतरण निर्माण गर्नको लागि नेपाल पत्रकार महासंघको बैठकमा अवाज उठाउँने बताए ।
त्यसैगरी श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य केशी लामेछानीले स्व. पत्रकार पौडेल एउटा उर्जामान तथा बैचारिक रुपमा जे भएपनि सबैसँग मिल्ने पत्रकारको रुपमा स्थापित रहेको बताए । उनले पौडेल र शाहीको मृत्युले पत्रकारिता जगतमा ठूलो क्षती भएको बताए । घटना अपत्यारिलो रहेको भएपनि पत्यानु पर्ने बाध्य रहेको चर्चा गर्दै उनले मृत आत्माको चिर शान्तिको कामना गर्नुको साथै उहाँहरुलाई सधै सम्झि रह ने बताए ।
प्रेस सेण्टर नेपाल पर्साको सभापती दिपक गौतमको सभापतित्वमा सम्पन्न भएको श्रद्धाञ्जली सभामा प्रेस सेण्टर नेपालका केन्द्रिय उपाध्यक्ष गोविन्द्र देवकोटा,पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी,प्रेस युनियन नेपालका केन्द्रिय सचिव अशोक तिवारी, समाजवादी प्रेस संगठन नेपाल पर्साका अध्यक्ष मनोज पटेल,प्रेस सेण्टरका केन्द्रिय सदस्य निरज पिठाकोटे,,जगत राई लगायतको उपस्थिती रहेको थियो । श्रद्धाञ्जली सभमा उपस्थित पत्रकारहरुले दिवगंत पत्रकार पौडेल र शाहीको तस्वीरमा पुष्प गुच्छा एवं अवीर अर्पण गरी श्रद्धाञ्जली व्यक्त गरेका थिए ।