वीरगन्ज ,१३ माघ – तीन दशक देखि बन्द रहेको वीरगन्जको कृषि ओैजार कारखाना मर्मतसम्भार गरि सन्चालनका लागि भइरहेको तयारी बारे पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य (सांसद) प्रदीप यादवले शुक्रबार स्थलगत निरिक्षण गरेका छन् ।
नेपाल सरकारले जीर्ण अवस्थामा पुगि सकेको कृषि ओैजार कारखाना , मर्मतसम्भार गरि एक वर्ष भित्र सन्चालन गर्ने जिम्मा राष्ट्रिय आविस्कार केन्द्रलाई दिएको छ । गत ३१ भदौंको मन्त्रिपरिषदको निर्णय अनुसार गत असोज ११ गते अर्थ मन्त्रालय र महावीर पुन नेतृत्वको आविस्कार केन्द्र बिच भएको सम्झौतामा कारखाना मर्मत सम्भार गरि केन्द्रले एक वर्ष भित्र सन्चालनमा ल्याउने र १० वर्ष सम्म सन्चालनको जिम्मा केन्द्रलाई नै दिने उल्लख छ । कारखानाको मर्मतसम्भार लगायतमा लाग्ने खर्चको रकम नेपाल सरकारले उपलब्ध गराउने पनि सम्झौतामा उल्लेख छ ।
शुक्रबार पुर्व वनमन्त्री समेत रहेका यादवले कारखानामै पुगेर कारखाना सन्चालनका लागि भइरहेको मर्मत सम्भार र तयारि बारे स्थलगत निरिक्षण गर्दै त्यस बारे केन्द्रका अध्यक्ष पुनसंग जानकारी लिएका हुन् । त्यस क्रममा अध्यक्ष पुनले अहिलेसम्म पहिलो चरणमा कारखानाको सरसफाई र त्यहा रहेका उपकरण र मेशीनहरुको जाँच गर्ने काम सिकसकेको सांसद यादवलाई जानकारी गराए । यसका साथै कारखानाको विस्तृत सर्वे गर्दा मर्मत गरेर सन्चालनमा ल्याउनका लागि तत्कालका लागि करिब २५ करोड रुपैया आवश्यक रहेको व्यवहोरा सरकारलाई बुझाइ सकेको जानकारी पनि पुनले गराए ।
अब दोश्रो चरणमा कारखाना भित्र रहेका महत्त्वपूर्ण उपकरण र मेशीनहरुको मर्मतको काम शुरु गरिने , डाईहरु छानेर हरेक ओैजारका १५/१५ पिस नमुना बनाएर परिक्षण गर्ने पुनले बताए । नेपाल सरकारसंग माग गरिएको रकम निकासा भएर आएपछि थप काम अगाडि बढाउने योजनामा रहेको पनि अध्यक्ष पुनले सांसद यादवलाई जानकारी गराए ।
त्यसअवसरमा सांसद यादवले आफनो निर्वाचन क्षेत्रमै रहेको बन्द कारखाना सन्चालनका लागि भइरहेको प्रयास र तयारी देखेर निक्कै हर्षित भएको प्रतिकृया दिए ।उनले ३० वर्ष देखि बन्द रहेको कारखाना सन्चालनका लागि केन्द्र र त्यसका अध्यक्ष पुन सहितको टोलीले देखाएको सकृयताको मुक्तकण्ठले प्रशंसा पनि गरे ।कारखानाको नाममा ७२ लाख रुपैया विद्युतको बक्यौता शुल्क तिर्न बाँकी रहेको अध्यक्ष पुनले जानकारी गराएपछि सांसद यादवले उक्त बक्यौता शुल्क मिनाहा गराउन आफुले पहल गर्ने आश्वासन पनि दिए । यसका साथै कारखाना पुर्णरुपमा सन्चालनमा लयाउनका लागि नेपाल सरकारसंग पहल गर्ने पनि यादवले बताए ।