सोम, चैत्र ६, २०७९
Mon, March 20, 2023
सोम, चैत्र ६, २०७९
Mon, March 20, 2023
11 C
Kathmandu
11 C
Kathmandu
18.2 C
Birgunj

प्याव्सन पर्साले आयोजना गरेको अन्तर बिद्यालय नकाउट क्रिकेट प्रतियोगिताको उपाधी साउथजोन माविलाई

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,१४ माघ -प्याव्सन पर्साले आयोजना गरेको सातौं संस्करणको नकाउट क्रिकेट प्रतियोगिताको फानईल म्याच साउथजोन माध्यमिक बिद्यालयले जितेको छ । बीरगन्जको आदर्शनगर रंगशालामा आयोजनाको भएको फाइनल म्याचमा मनकामना माविलाई १८ रनाले पराजित गर्दै साउनजोन माबिले प्रथम शिल्ड उचालेको हो ।

- Advertisement -

टस जितेर पहिला ब्याटिङ्ग गरेको मनकामना माविले उत्कृष्ट खेल प्रदर्शन गर्दै १४२ रन बनाएकोमा १४३ रनको लक्ष्य सहित मैदानमा उत्रिएको साउथजोनले १९ ओवर नसकिदै मनकामनाका सबै बिकेट झारेका थिए । साउथ जोनले १८.३  ओभरमा  लक्ष्य प्राप्त गरेको थियो ।क्यापटेन चंदन रामको नेतृत्वमा खेलेका साउथजोनका बिद्यार्थीहरुले उत्कृष्ट खेल प्रदर्शन गर्दै खेल जितेको थियो ।

शुरुमा राम्रो लयमा खेलेका मनकामना माविका खेलाडीहरुलाई रोक्दै साउथजोनले राम्रो कमव्याक गरेका थिए । पुरा ओभर खेल्न नदिई सबै बिकेट लिएका थिए । बिजेता खेलाडीहरुलाई प्याव्सनका केन्द्रिय पदाधिकारीहरुले शिल्ड कप तथा प्रमाण पत्र बितरण गरेका थिए । खेलको म्यान अफ दि म्याच साउथ जोन माविका संचिन उपाध्याय भएका छन भने म्यान अफ दि सिरिज साउथ जोनकै चंदन राम भएका छन् ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -