वीरगञ्ज, १४ माघ । वीरगञ्जस्थित यूनिक केक एण्ड बेकर्स र भीडोल लुब्रिकेन्टले ग्राहकलाई विशेष छुट दिन कस्टमर एक्सेन्ज कार्यक्रम सञ्चालनमा ल्याएका छन् ।
सानो समयमा आफ्नो गुणस्तर र स्वादले स्थानीयहरुको मन जित्न सफल यूनिक केक एण्ड बेकर्सका ग्राहक र अन्तराष्ट्रियस्तरमै आफ्नो गुणस्तरका लागि पहिचान स्थापित गर्न सफल भिडोल लुब्रिकेन्टका ग्राहकले कस्टमर एक्सेन्ज कार्यक्रममार्फत एक अर्कासँग सामग्री खरिद गर्दा विशेष छुट पाउने भएका हुन् ।
वीरगञ्जमा सम्भवत पहिलो प्रयासअन्तर्गत सुरु गरिएको कस्टमर एक्सेन्ज कार्यक्रम सञ्चालनका लागि भिडोल लुब्रीकेन्ट र यूनिक केक विच शनिबार एक कार्यक्रमका दौरान सम्झौता भएको छ ।
सम्झौता अनुसार भिडोल लुब्रेकेन्टको लागि पर्साको आधिकारिक विक्रेता रोयल इन्टरप्राइजेजबाट मोबिललगायतका लुब्रेकेन्ट खरिद गर्ने ग्राहकले यूनिक केक एण्ड बेकर्समा उपलब्ध प्रत्येक बेकरी आइटममा १० प्रतिशत छुट पाउने भएका छन् । त्यसैगरी यूनिक केक एण्ड बेकर्सबाट केक खरिद गर्ने ग्राहकले भिडोलको कुनैपनि मोबिल र लुब्रिकेन्ट खरिद गर्दा २० प्रतिशत छुट पाउने भएका छन् ।
रोयल इन्टरप्राइजेज र यूनिक केकले ग्राहकलाई छुटको लागि एउटा कुपन उपलब्ध गराउने छन् । छुट प्राप्त गर्न ग्राहकले रोयल इन्टरप्राइजेजमा र यूनिक केकमा उक्त कुपन देखाउनु पर्ने रोयल इन्टरप्राइजेजका प्रबन्ध निर्देशक विकास ठाकुरले जानकारी दिए ।