शनिबार, जेष्ठ ५, २०८१
Sat, May 18, 2024

गोरखामा पौडी खेल्ने क्रममा...

४ जेठ, गोरखा । गोरखामा छुट्टाछुट्टै स्थानमा पौडी खेल्ने क्रममा डुबेर आज दुई...

‘विद्युतीय सवारीसाधनको प्रयोग बढाउन...

४ जेठ, ललितपुर । सरोकारवालाहरूले समृद्ध पर्यटनका लागि विद्युतीय सवारीसाधनको प्रयोगमा जोड दिएका...

पहिलोपटक पटक टिपताला पुगे...

४ जेठ, ताप्लेजुङ । छिमेकी मुलुक चीन र भारतलाई जोड्ने नेपालको सबैभन्दा छोटो...

पार्टी छोडेर गएका नेता...

४ जेठ, काठमाडौं । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टीबाट अलग भएर गएका...
21.1 C
Kathmandu
31.6 C
Birgunj

शनिबार हराएकी बालिका पोखरीमा मृत फेला

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जलेश्वर,१५ माघ – महोत्तरीको लोहारपट्टी नगरपालिका–५ डठौरा गाउँबाट शनिबारदेखि हराइरहेकी एक बालिका आज पोखरीमा मृत फेला परेकी छिन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तोषकुमार पोखरेलका अनुसार स्थानीय अरुण दासकी छोरी चार वर्षीया अंशुकुमारी आज बिहान १० बजे आफ्नै घर पछाडि रहेको पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा फेला परेकी हुन् ।

- Advertisement -

उनी शनिबार खेल्दाखेल्दै घरबाट हराएकी थिइन् । उनलाई परिवारजन, इष्टमित्र, आफन्तजन र प्रहरीले शनिबार दिनभरि तथा रातभरि सबैतिर खोजतलाश गरिसक्दा पनि फेला फेला पारेका थिएनन् । आज उनको शव आफ्नै घर पछाडि रहेको पोखरीमा तैरिरहेको अवस्थामा फेला परेको हो । मृतक बालिकाको शव परीक्षणका लागि जिल्ला अस्पताल लैजाने तयारी भइरहेको छ ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार