बिहिबार, बैशाख ६, २०८१
Thu, April 18, 2024

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रु...

काठमाडौं,०६ वैशाख । काठमाण्डौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सयौँ यात्रु अलपत्र परेका छन्...

मौसममा परिवर्तन आएसँगै पर्सागढी...

पर्सागढी,०६ वैशाख । पर्साको पर्सागढी नगरपालिका लगायत ग्रामीण भेगमा ज्वरो तथा रुघाखोकीको बिरामीहरूको...

पर्सा, बारा, रौतहटलगायतका जिल्लाका...

बीरगन्ज,०६ वैशाख । देशैभर नयाँ शैक्षिक शत्र सुरु भइसकेको छ । शैक्षिक शत्र...

जनकपुरमा जल्दै गरेको अवस्थामा...

बीरगन्ज,०६ वैशाख । जल्दै गरेको अवस्थामा जनकपुरधाम उपमहानगरपालिकामा १ युवतीको शव फेला परेकाे...
28.1 C
Kathmandu
38.4 C
Birgunj

देवशिला गोरखपुरमा, आज अयोध्या पुर्याइने

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुर,१८ माघ । भारत उत्तरप्रदेशको अयोध्यामा निर्माणाधीन राममन्दिरमा राख्नका लागि भगवान् रामको मूर्ति बनाउन नेपालको कालीगण्डकीबाट उत्खनन गरी पठाएको शिला मंगलबार राति गोरखपुर ल्याइपुर्याइएको छ।

- Advertisement -

धनुषाको जनकपुरधामस्थित जानकी मन्दिरबाट शोभायात्रासहित यही माघ १६ गते शिला अयोध्यातर्फ पठाइएकामा गए राति यहाँ पुर्याइएको हो। जानकी मन्दिरका महन्थ रामपतेश्वर दासका अनुसार शिला आज अयोध्या पुर्याएर विशेष समारोहका बीच मन्दिर व्यवस्थापन पक्षलाई हस्तान्तरण गरिने छ।

हिन्दू धर्मावलम्बीले भगवान् विष्णुको अवतारका रूपमा मान्ने शिलाबाट भगवान् रामको बालस्वरुपसहितको मूर्ति बबनाइने भएपछि यहाँका लाखौँ श्रद्धालुले बाटोमा निस्केर दर्शन तथा अभिनन्दन गरिरहेका छन्।

- Advertisement -

‘जनकपुरधाममा पनि श्रद्धालुले उल्लासका साथ शिलाको दर्शन गरे, भारतीय सीमा प्रवेशदेखि बाटोमा झन् नयाँ उत्साह र उमङ्ग देखियो’, दासले भने,’नेपाल र भारतवासीको भगवान् राम तथा शिलाप्रतिको आस्था एवं श्रद्धा देखेर नतमस्तक छु।’

त्यसैगरी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरिरहनुभएका पूर्वउपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले देवशिलाको आदान-प्रदानपछि नेपाल र भारतको धार्मिक, सांस्कृतिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन अतुलनीय योगदान पुगेको आभास आफूले गरेको बताए।

‘त्रेतायुगमा माता जानकी र भगवान रामको विवाहले नेपाल-भारतबीचको सम्बन्धलाई कसिलो गरी जोडेको थियो, कालीगण्डकीबाट ल्याइएको यो शिलाले त्यसलाई पुनः नवीकरण गरेको आभास भएको छ’, उनले भने,’राममन्दिर राखिने मूर्ति नेपालको देवशिलाबाट बन्ने कुराले दुई देशबीचको धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्व झन बढेको छ। बाटोमा स्वःस्फूर्त निस्केका श्रद्धालुको उपस्थितिले त्यसको महत्वलाई थप उचाइमा पुर्याएको छ।’

यही माघ १२ गते म्याग्दीको बेनी नगरपालिका- ६ ठूलोपहिरोस्थित कालीगण्डकी नदी किनारबाट निकालिएका दुई शिला माघ १५ गते जनकपुरधाम पुर्याइएका थिए। जानकी मन्दिरका महन्थ दास र नेता निधिको नेतृत्व रहेको नेपाली प्रतिनिधिमण्डलमा तीन सयभन्दा बढी नेपालीको सहभागिता छ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार