मङ्लबार, बैशाख ४, २०८१
Tue, April 16, 2024

जलवायु परिवर्तनको असर सबैको...

काठमाडौं,०३ वैशाख । वन तथा वातावरणमन्त्री नवलकिशोर साहले जलवायु परिवर्तनको प्रतिकूल असरका विषयमा...

मधेशका मुख्यमन्त्रीले भोलि चौथो...

जनकपुर,०३ वैशाख । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले भोलि (मंगलबार) विश्वासको मत लिने...

५८ लाख मूल्य बराबरका...

बीरगन्ज,०३ वैशाख । पर्साबाट प्रहरीले भन्सार छलीका सामानसहित ट्रक नियन्त्रणमा लिएको छ ।...

नाबालिकालाई वेश्यावृत्तिमा लगाउने दुईजना...

काठमाडौँ,०३ वैशाख । नेपाल प्रहरीले नाबालिकालाई वेश्यावृत्तिमा लगाउने दुई जनालाई पक्राउ गरेको छ...
18.1 C
Kathmandu
26.6 C
Birgunj

प्रहरी हिरासतबाट भागेका ६ मध्ये ३ जना पक्राउ

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुर,१८ माघ । धनुषाको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासत फोडेर भागेका ६ मध्ये तीन थुनुवा पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा मिथिला नगरपालिका २ का २५ वर्षीय हरिदिप सिंह, २५ वर्षीय अमित मण्डल र मिथिला नगरपालिका ६ का रोशनकुमार महतो छन् ।

- Advertisement -

अभद्र व्यवहार तथा शान्ति सुरक्षाविरुद्धको मुद्दाका हरिदिपलाई मंगलबार राति र अमितलाई मंगलबार दिउँसो पक्राउ गरेको धनुषाका प्रहरी उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए । त्यस्तै हातहतियार खरखजाना मुद्दाका रोशनलाई सोमबार साँझ नै प्रहरीले पक्रेको थियो ।

गत आइतबार राति इलाका प्रहरी कार्याललयको हिरासतको भित्ता फोडेर विभिन्न मुद्दाका ६ जना फरार भएका थिए ।

- Advertisement -

तीन जना पक्राउ परेको र बाँकी तीन जनाको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । जिल्ला प्रहरी कार्यालय धनुषा र मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले सर्च अपरेशन चलाई खोज तलास जारी राखेको प्रहरीको भनाइ छ ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार