शुक्रबार, चैत्र १६, २०८०
Fri, March 29, 2024

सशस्त्रका एसएसपी अधिकारी डीआईजीमा...

काठमाडौं,१६ चैत - सशस्त्र प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक दिपक अधिकारी सशस्त्र प्रहरी...

राष्ट्रियसभाको बैठक बस्दै, यस्तो...

काठमाडौं,१६ चैत संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक आज दिउँसो...

एसईईमा चिट चोर्नलगाउने ...

बिहीबारदेखि सुरु एसईई परीक्षामा चिट चोर्नलगाउने आरोपमा बारामा एक शिक्षक र एक जना...

पढन गएका बालबालिकालाई घर...

पढन गएका बालबालिकालाई घर निर्माणको काममा लगाउँदा पर्सामा एक नाबालक विद्यार्थी घाइते भएका...
23.1 C
Kathmandu
32.3 C
Birgunj

प्रिपा लिङ्क रोडको नाम परिवर्तन गर्ने बिषयको बिरोध गर्ने एक जना बीरगन्जबाट पक्राउ

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,१८ माघ – जिल्ला प्रहरी कार्यालय पर्साले बीरगन्जमा उद्घाटन गर्ने भनिएको महात्मा गान्धी मार्ग बिरोध गर्ने एक जना पक्राउ गरेको छ । पक्राउ पर्ने बीरगन्ज महानगरपालिका वडा नं. १४ पिप्रा निवासी सुनिल पटेल रहेका छन् । समाजिक सञ्जालमा बिभिन्न किसिमको मार्गको बिषयलाई लिएर टिक्का टिप्पणी गरेका उनलाई साईवर नियम उल्लघंन गरेको भन्दै प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।

- Advertisement -

बीरगन्जको पिप्रा लिङ्क रोडको नामाकारणको बिषयलाई लिएर बिगत केहि दिन देखि बीरगन्ज समाजिक सञ्जाल लगायतमा बिभिन्न किसिमका टिक्का टिप्पणी हुदै आएको छ । आज बिहानै मात्र रोडमा प्रिपाका केहि युवा तथा स्थानियहरुले बिभिन्न नाराहरु लेखिएको प्ले कार्ड सहित बिरोध प्रदर्शन गरेका छन् ।

भोली १९ गते बिहिवार मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवको प्रमुख आथित्यमा सम्पन्न हुने भनिएको मार्ग उद्घाटन कार्यक्रम स्थगित भएको जिल्ला प्रशासन कार्यालय स्रोतले जनाएको छ । कार्यक्रममा नेपालका लागि भारतका राजदुत नविन श्रीवास्तव पनि आउने कार्यक्रम रहेको थियो । तर अन्तिम समयमा आएर कार्यक्रम स्थगित भएको हो ।

- Advertisement -

भारतीय दुतावासको सहयोगमा बिभिन्न परियोजनालाई अगाडी बढाउने लक्ष्यका साथ बीरगन्ज महानगरपालिकाले कार्यहरु अगाडी बढाएको भएपनि स्थानिय अगुवा तथा पर्साका बिभिन्न राजनितिक दलका प्रतिनिधिहरुले बिरोध प्रकट गरेपछि कार्यक्रम स्थगित भएको बताइएको छ ।

आज मात्र एकिकृत समाजवादी पार्टीका बीरगन्ज महानगर कमिटिका अध्यक्ष मनोज चौधरीले बिज्ञप्ती जारी गर्दै सो कार्यको बिरोध गरेका थिए । उनले आफ्नो पार्टीको कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको पुष्टी गर्दै बिना सर्त पटेललाई रिहा गर्न माग गरेका छन् । उनले निर्देष युवाहरुलाई प्रहरी फसाउन खाजे कडा सघर्षमा उत्रिन बाध्य हुने चेतावनी दिएका छन् ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार