सोम, चैत्र ६, २०७९
Mon, March 20, 2023
सोम, चैत्र ६, २०७९
Mon, March 20, 2023
11 C
Kathmandu
12.1 C
Kathmandu
18.2 C
Birgunj

प्रहरी हिरासतबाट भागेका ६ जना मध्ये ४ जना पक्राउ

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुर,१९ माघ । धनुषाको इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट थुनुवा कक्षको पर्खाल भत्काएर भागेका ६ जना अभियुक्त मध्ये ४ जना अभियुक्त पक्राउ परेका छन् । तीन जना यसअघि नै पक्राउ परेकोमा बुधबार एक जनालाई प्रहरीले पक्राउ गरेको हो ।

- Advertisement -

पक्राउ पर्नेमा लागु औषध मुद्दाका अभियुक्त छिरेश्वरनाथ नगरपालिका ५ का विनोद कुमार शर्मा रहेका छन् । उनलाई जिल्लाको मथिला नगरपालिका १० लालगढको रातो खोलाको बगर छेउमा लुकीछिपी बसिरहेको अवस्थामा बुधबार राति १ बजेको समयमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी प्रदीप बहादुर क्षेत्रीले जानकारी दिए ।

त्यसैगरी यसअघि अभद्र व्यवहार तथा सार्वजनिक शान्ति विरुद्धको अपराध मुद्दाका अभियुक्तका अभियुक्त मिथिला २ का २५ वर्षीय हरिदीप सिंह, सोही मुद्दाका अभियुक्त छिरेश्वरनाथ नगरपालिका २ का अमित मण्डल र हातहतियार तथा खरखजाना मुद्दाका अभियुक्त रोशनकुमार महतो पक्राउ परेका थिए ।

- Advertisement -

अभद्र व्यवहार तथा शान्ति सुरक्षाविरुद्धको अपराध मुद्दाका हरिदीपलाई मङ्गलबार राति पक्राउ गरिएको प्रहरीको भनाई छ । यसअघि अमित मण्डललाई मङ्गलबार दिउँसो पक्राउ गरेको डिएसपी क्षेत्रीले जनाए ।

त्यस्तै हातहतियार खरखजाना मुद्दाका रोशन महतोलाई सोमबार साँझ नै प्रहरीले पक्राउ गरेको थियो ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -