जनकपुर,१९ माघ । आफ्नै बुवाको हत्या आरोपमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ।
४३ वर्षीय रामबाबु सहनीको कुटपिट गरी हत्या आरोपमा कल्याणपुर नगरपालिका–११ मलहाटोल बस्ने २२ वर्षीय उनकै छोरा राकेश सहनीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो।
राकेशले आपसी झै–झगडामा कुटपिट गर्दा रामबाबु गम्भीर घाइते भएको ईलाका प्रहरी कार्यालय कल्याणपुरले जनाएको छ।
- Advertisement -
कुटपिटबाट गम्भीर घाइते भएका रामबाबुको स्थानीय क्लिनिकमा सामान्य उपचार पश्चात थप उपचारको लागि सिरहातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।