शुक्र, चैत्र १७, २०७९
Fri, March 31, 2023
शुक्र, चैत्र १७, २०७९
Fri, March 31, 2023
13.8 C
Kathmandu
14.4 C
Kathmandu
22.8 C
Birgunj

गृहमन्त्री र राष्ट्रपति पूर्वसहमति अनुसार नै हुन्छ : ओली

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

विराटनगर,१९ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री र राष्ट्रपति पदमा पूर्वसहमति अनुसार हुने बताएका छन् । बिहीबार विराटनगर विमानस्थल ओर्लिएका ओलीले गृहमन्त्री राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रपति एमालेबाटै हुने बताएका हुन् ।

- Advertisement -

सहमति अनुसार गृहमन्त्री पद राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिइएकाले उसैले पाउने उनकाे तर्क छ । रास्वपाबाट गृहमन्त्री बनेका रवि लामिछाने पदमुक्त भएपछि अहिले गृहमन्त्री पद खाली छ ।

‘त्यो पार्टीले पाएको गृहमन्त्री कसलाई बनाउँछ भन्ने विषय राष्ट्रिय स्वतन्त्र पार्टीले नै निर्णय गर्ने हो,’ ओलीले भने, ‘कसलाई गृहमन्त्री बनाउने भन्ने उसैले जानोस्, हामीले राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिएको हो ।’

- Advertisement -

रास्वपालाई गृह मन्त्रालय नदिने छुट्टै ढंगको निर्णय कसैले गर्न नहुने पनि ‌ओलिले बताए । रास्वपालाई गृह मन्त्रालय दिन अदालतको पूर्णपाठ नचाहिने पनि उनकाे भनाइ छ । ओलीले सत्ता गठबन्धनभित्र कुनै समस्या नरहेको समेत दाबी गरे ।

ओलीले भने, ‘अदालतको पूर्णपाठ कण्ठ गर्ने हो र ? पूर्णपाठ किन चाइयो ?’

ओलीले पूर्वसहमति अनुसार नै राष्ट्रपतिको उम्मेदवार सत्तापक्षको एमालेबाट हुने दाेहाेर्‍याए । नेकपा एमालेबाट राष्ट्रपतिको उम्मेदवार बनाउने व्यक्ति सरकारको आधिकारिक उम्मेदवार हुने ओलीको भनाइ छ ।

उनले कांग्रेसमा राजनीतिक संस्कार नभएको आरोप लगाउँदै गृह राज्यमन्त्री दिँदा पनि काङ्ग्रेस सरकारमा आउने भन्दै टिप्पणी गरे । राजनीति एजेण्डा र त्यसलाई कार्यान्वायन गर्ने कुराले सरकार संकटमा नपर्ने उल्लेख गरे ।

प्रणालीमा नै अस्थिरता रोपिएको भन्दै २००७ सालमा प्रजातन्त्र आएपछि कुनै पनि सरकार ५ वर्षसम्म नचलेको यथार्थ रहेको उनले सुनाए ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -