बीरगन्ज,१९ माघ – नेकपा एकिकृत समाजवादी पार्टी बीरगन्ज महानगर कमिटिको बैठक बिहिवार सम्पन्न भएको छ । बीरगन्जको कुमु प्यालेस होटलमा कमिटिका अध्यक्ष मनोज चौधरीको अध्यक्षामा वसेको बैठकले महानगर कमिटिलाई चलाएमान बनाउन महानगर कमिटिलाई अध्यावधिक गरिएको छ ।
बैठले सम्पूर्ण कमिटि बैठक वस्ने तथा बाकी रहेका वडाहरुको कमिटि यथाशिघ्र गठन गर्ने निर्णय गरेको छ । त्यसैगरी बीरगन्ज महानगर कमिटिमा रहेको कृयाशिल पदाधिकारी तथा सदस्य सागिर अंसारी,अबुलैस अंसारी र मनोज कुमार पटेललाई जिल्ला कमिटिमा राख्न सिफारिस गर्ने निर्णय गरेको छ ।
बैठकमा नेकपा एसका केन्द्रिय सचिव नागेन्द्र चौधरी, पर्सा जिल्ला इन्चार्ज रामचन्द्र साह,जिल्ला अध्यक्ष बालगोपाल थापा लगायतको उपस्थिती रहेको थियो । बैठकमा आफ्ना भनाईहरु राख्दै पार्टी सचिव नागेन्द्र चौधरीले मुद्दामा केन्द्रित भएर काम गर्नु तथा जनताको सेवाको लागि राजनितिक आएको कारण पार्टीले के दियो भन्ने बिषय गौण राख्नु पर्ने धारण राखेका थिए । उनले नेपालको संघिय गाणतान्त्रिक आन्दोलनमा पार्टीको महत्वपूर्ण योगदान गरेको चर्चा गर्दै अबको लक्ष्य समाजवादी रहेको कारण त्यसमा सबै पार्टीका सबै नेता कार्यकर्ताहरु केन्द्रित हुनु पर्ने निर्देशन दिएका थिए ।