आइतवार, बैशाख २, २०८१
Sun, April 14, 2024

छुरा प्रहारबाट १ जनाको...

खोटाङ,०२ वैशाख । खोटाङमा छुरा प्रहारबाट १ जना पुरुषको मृत्यु भएको छ ।...

अरुको नागरिकता प्रयोग गरी...

काठमाडौँ,०२ वैशाख । अरुको नागरिकता पयोग गरी अनलाइनमार्फत ठगेको आरोपमा ३ जना...

मुख्यमन्त्री यादव बैशाख ४...

बीरगन्ज,०२ वैशाख । मधेश प्रदेश सरकारले चौथो पटक विश्वासको मत लिने तयारी गरेको...

कांग्रेस आक्रोश र पीडाले...

काठमाडौं,०२ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस आक्रोश...
23.1 C
Kathmandu
31 C
Birgunj

गृहमन्त्री बन्न दवाव बढाउँदै रवि लामिछाने

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,२२ माघ – गृहमन्त्री दावी गर्दै आएका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले आजै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् । आइतबार बिहान एमाले अध्यक्ष ओलीललाई भेटेलगत्तै प्रधानमन्त्रीसँग भेट्न उनी वालुवाटार पुगेका हुन् ।

- Advertisement -

गृहमन्त्री नपाए सत्ताबाट बाहिरिने धम्की दिँदै आएका रवि लामिछानेले अझै प्रधानमन्त्री प्रचण्डसँग बार्गेनिङ गरिरहेका छन् । रवि लामिछानेले केही दिनयता गृहमन्त्री नपाएमा सरकारबाट बाहिरिने बताउँदै आएका छन् । तर, उनले अझै बार्गेनिङ गर्न छाडेका छैनन् ।

गृहमन्त्री नपाए शनिबार नै सरकारबाट बाहिरिने रवि लामिछानेले बताएका थिए । तर, प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीले गृहबाहेक अरु मन्त्रालय प्रस्ताव गरेपछि साँझ ८ बजे रास्वपाको आकस्मिक बैठक बसेको थियो । तर, बैठक विनानिष्कर्ष टुंगिएको थियो ।

- Advertisement -

यस्तै, विशेष निर्णय लिन भन्दै रास्वपाले आज केन्द्रीय समिति बैठक र संसदीय दलको बैठक बोलाएको छ । बैठक बस्नुअघि रवि लामिछाने प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार र एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगेका हुन् ।

प्रचण्डलाई भेट्न जानुअघि रविले एमाले अध्यक्ष ओलीलाई भेटेको रास्वपाका एक नेताले बताए । प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीलाई भेटेपछि निर्णायक छलफल हुने ती नेताको भनाइ छ ।

सांसद पद गएपछि गैरसांसदको रूपमा गृहमन्त्री हुन पाउनुपर्ने भन्दै रविले प्रधानमन्त्री प्रचण्डलाई दबाब बढाएका छन् । यदि गृह मन्त्रालय नदिए सरकारबाट बाहिरिने चेतावनी उनको छ । तर, रविको पासपोर्टको मुद्दा किनारा नलाग्दासम्म मन्त्री बनाउन नसक्ने प्रधानमन्त्री प्रचण्डले अडान लिएका छन् ।

पछिल्लो समय उनका पार्टीका नेताहरुले समेत रविलाई मन्त्री नबनाउन प्रचण्डमाथि दबाब बढाउँदै आएका छन् । रवि लामिछाने नेतृत्वको पार्टीका अरू सांसदलाई गृहबाहेक मन्त्रालय दिन सकिने निष्कर्षमा प्रचण्ड पुगेका छन् ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार