सोम, चैत्र ६, २०७९
Mon, March 20, 2023
सोम, चैत्र ६, २०७९
Mon, March 20, 2023
11 C
Kathmandu
11 C
Kathmandu
18.2 C
Birgunj

मंगलबार नेप्सेमा ७६ अंकमाथिको वृद्धि, ३ अर्ब ३६ करोड माथिको कारोबार

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं । साताव्यापी करेक्सनपछि मंगलबार सेयर बजार परिसूचक नेप्सेमा ७६ अंकमाथिको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक ७६.६४ अंकले बढ्दै २१ सय ७७.३४ अंकमा उक्लिएको हो ।

- Advertisement -

यस दिन कारोबार रकम समेत बढेर ३ अर्ब ३६ करोड २२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । गत साता ८९ अंकमाथिले नेप्से घट्दैगर्दा १२ अर्ब रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज सबैभन्दा बढी एनआइसी एसिया बैंकको १२ करोड ९२ लाख ४२ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस्तै, न्यादी ग्रुप पावरको ११ करोड ३ लाख ७९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने अपी पावर कम्पनीको ९ करोड ३९ लाख ९९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

- Advertisement -

आज चार वटा कम्पनीको मूल्यमा सर्किट लागेको छ भने ९ वटा कम्पनीको सेयर मूल्य ९ प्रतिशत माथिले बढेको छ ।

१३ वटै उपसूचक धनात्मक हुँदा आज इन्भेष्टमेन्ट समूहको उपसूचक सबैभन्दा बढी ६.२५ प्रतिशतले बढेको छ ।

यस्तै, हाइड्रोपावर समूहको उपसूचक ५.३३ प्रतिशतले बढेको छ भने फाइनान्स समूह र डेभपमेन्ट बैंक समूहको उपसूचक क्रमशः ५.९४ प्रतिशत र ५.०६ प्रतिशतले बढेका छन् । अन्य समूहको उपसूचक २ प्रतिशत माथिले बढेका छन् ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -