बीरगन्ज – बीरगन्जमा सिके राउत नेतृत्वको जनमत पार्टीको पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ ।
जनमत पार्टी पर्साका इन्चार्ज श्यामशंकर चौरसियाको अध्यक्षतामा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा स्थानीय चुनाव र प्रदेश सभाको चुनावमा उम्मेदवारी दिएका उम्मेदवारसहित एक सय जनाभन्दा धेरैले जनमत पार्टीमा प्रवेश गरेका छन् ।
जसपाका नेता एवम् प्रदेश सभा सदस्यका उम्मेदवार मुकेश द्विवेदी, पर्सा क्षेत्र नम्बर १ ९ख० का उम्मेदवार श्याम कुमार गुप्ता, उमाशंकर गुप्ता, डा। अजय यादव, अवदुल्लाह मियाँ, शिव प्रसाद यादव, वजुल हक अंसारी, शैसनाथ नुनिया लगायत एकसय भन्दा धेरैले पार्टी प्रवेश गरेका हुन् ।
उनीहरुलाई टिकाले पार्टीमा जनमत पार्टीका केन्द्रीय अध्यक्ष चन्द्रकान्त ९सिके० राउतले स्वागत गरेका थिए । कार्यक्रममा पूर्व जिल्ला इन्चार्ज सुजित कुमार चौरसिया, दिपेन्द्र प्रसाद यादव, महेश कुमार चौरसिया, शेषनाथ शर्मा लगायतको उपस्थिती रहेको थियो ।