बुधबार, फाल्गुन ९, २०८०
Wed, February 21, 2024

बीरगन्जमा लगाइएको कर्फ्यू ...

बीरगन्ज,०९ फागुन । बीरगन्जमा दुई फरक धर्मसमुदायबीचको द्वन्द्वका कारण सोमबारदेखि लगाइएको कर्फ्यू बुधबार...

बारामा बाघले आक्रमण गर्दा...

बीरगन्ज,०९ फागुन । जीतपुर सिमरा उप–महानगरपालिका वडा नं. १६ भद्रकाली स्थित पूर्व पश्चिम...

रौतहट प्रहरीले बरामद अवैध...

राैतहट,०९ फागुन । जिल्ला प्रहरी कार्यालय रौतहटले बरामद गरेको भन्सार छलेर ल्याएको सामान...

एसपी ढुंगेलले सम्हाले पर्सा...

बीरगन्ज,०९ फागुन । जिल्ला प्रहरी कार्यालय पर्साको प्रमुखको कमाण्ड एसपीं कुमोध ढुंगेलले सम्हालेका...
10.1 C
Kathmandu
17 C
Birgunj

आजको मौसम : तराईमा हुस्सु कुहिरो जारी रहने

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

देशका पहाडी भूभागमा आंशिक बदली रहने र तराईमा बाक्लो हुस्सु र कुहिरो जारी रहने हुनाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । केही दिन अझ चिसो कायम रहनेछ ।

- Advertisement -

देशभरी पश्चिमी वायुको सामान्य प्रभाव कायम रहेकाले आज प्रदेश १, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने विभागको भनाइ छ । उच्च पहाडी भूभागको एक दुई स्थानमा हल्का हिमपात हुने र बाँकी भूभागमा मौसम सफा रहनेछ ।

त्यस्तै, भोलि २६ गते बिहीबार प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा सामान्य बदली रहने । सो प्रदेशका उच्च पहाडी भूभागमा सामान्य हिमपात हुने विभागले जनाएको छ ।

- Advertisement -

सोहीअनुसार, माघ २७ गते शुक्रबार देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली कायम रहने छ । सो दिन प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी भूभागमा हल्का हिमपात हुनेछ । उच्च पहाडी भूभागमा हल्का हिमपात हुने, पहाडी भूभागमा मौसममा आंशिक बदली हुने र तराईमा हुस्सु लाग्नेक्रम जारी रहेकाले चिसोबाट बच्न सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार