बुध, चैत्र १५, २०७९
Wed, March 29, 2023
बुध, चैत्र १५, २०७९
Wed, March 29, 2023
13.2 C
Kathmandu
13.2 C
Kathmandu
21.2 C
Birgunj

राष्ट्रपतिको चुनावपछि जनमतलाई थप एक मन्त्रालय !

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ । राष्ट्रपति चुनावपछि जनमत पार्टी नेपाललाई थप एउटा मन्त्रालय दिने छलफल सुरु भएको छ ।

- Advertisement -

खानेपानी मन्त्रालयबाट असन्तुष्ट रहेको जनमत पार्टीले थप एउटा मन्त्रालय दिन प्रधानमन्त्री प्रचण्डलाई दबाब दिँदै आएको छ । सुरुमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय दिने सहमति भएको थियो तर पछि खानेपानी मन्त्रालय दिँदा जनमत पार्टी असन्तुष्ट बनेको थियो ।

केही दिन मन्त्रालयको कार्यभार नै सम्हाल्न नै गएन । प्रधानमन्त्री प्रचण्ड र जनमत पार्टीका अध्यक्ष डा. सीके राउतबीच भएको छलफलपछि मन्त्रालयको कार्यभार सम्हालिएको थियो । प्रधानमन्त्री प्रचण्डले थप एउटा मन्त्रालय पछि मिलाउने आश्वासन दिएपछि जनमत पार्टी मन्त्रालय गएको हो । जनमत पार्टीका प्रवक्ता एवं खानेपानी मन्त्री अब्दुल खानले आफूहरूले थप एउटा मन्त्रालय पाउने र त्यसका लागि छलफल चलिरहेको बताए ।

- Advertisement -

खानेपानी मन्त्रालय आफूहरूको प्राथमिकतामा नभएको र उद्योग वा अन्य कुनै विकासे मन्त्रालयमा आफूहरूको दाबी रहेको बताउँदै उनले प्रधानमन्त्री प्रचण्डले पनि थप एउटा मन्त्रालय दिने भनेको कारण आफूहरू आशावादी रहेको बताए । आज बस्ने उच्च स्तरीय राजनीतिक संयन्त्रको बैठकमा पनि आफूहरूले मन्त्रालयको कुरा उठाउने उनले बताए ।

उनले भने, ‘आज संयन्त्रको बैठक बस्दैछ, त्यो बैठकमा हाम्रो पार्टीका अध्यक्ष ज्यु जानुहुन्छ र त्यहाँ मन्त्रालयको बारेमा पनि कुरा राख्नुहुन्छ ।’ प्रधानमन्त्री प्रचण्डसँग पाँचवटा मन्त्रालय छ, त्यसरी मन्त्रालयको कामकाज थन्काएर राख्नु हुँदैन, काम गर्ने इच्छा देखाएका पार्टीलाई त्यो दिहाल्नुपर्छ, जनमत पार्टी पनि काम देखाउनका लागि मन्त्रालय लिन तयार रहेको उनले बताए ।

सोही पार्टीका अर्का नेता विनोद यादवले मन्त्रालयको विषयमा जनमत पार्टी र सरकारको बीचमा पटक पटक छलफल भएको बताए । एउटा मन्त्रालय थप्ने गरी छलफल अगाडि बढाइएको र राष्ट्रपतिको चुनावपछि त्यसको टुगों लाग्ने उनले बताए । ‘प्रधानमन्त्री प्रचण्डले चुनावपछि थप एउटा मन्त्रालय दिने भन्नुभएको छ, हेरौँ चुनावपछि कस्तो परिस्थिति बन्छ,’ उनले भने, ‘हामीले उद्योग मन्त्रालयमा अझै दाबी छाडेका छैनौँ र प्रधानमन्त्री प्रचण्डले पनि दिने आश्वासन दिनुभएको छ ।’

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -