बीरगन्ज,२६ माघ – जिल्ला प्रहरी कार्यालय पर्साको मातहत रहेको सिर्सिया प्रहरी चौकले भारी मात्रमा लत्ताकपडा लोड गरिएको ट्रकहरु नियन्त्रणमा लिएको छ ।
बिल विजक भन्दा बढी विभिन्न किसिमका लत्ताकपडाहरू लगायतका मालबस्तुहरू बोकेको ट्रकहरू बीरगन्जबाट काठमाण्डौतर्फ गईरहेको छ भन्ने सूचनाको अधारमा प्रहरी चौकी सिर्सिया पर्साबाट खटिएको मंगलवार २५ गते बीरगन्ज महानगरपालिका वडा नं.२५ चण्डालचोक सडकखण्डबाट ना.६ ख ४००६ र ना.६ ख ४६०८ नम्बरको मालवाहक ट्रकहरूलाई रोकी जाँच गर्ने क्रममा सिल बन्द नरहेको साथै विल बिजक संकास्पद देखिएको हुँदा अं.मू.रू. ३६ लाख ८८ हजार ९१ रुपैया बराबरको माल समान सहितको ट्रक नियन्त्रणमा लिएको थियो ।
नियन्त्रणमा लिइएको माल समान सहितको ट्रक थप अनुसन्धानको लागि बुधवार राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।