बिहिबार, फाल्गुन १०, २०८०
Thu, February 22, 2024

विराटनगर जुट मिल्समा आगलागी,...

विराटनगर जुट मिल्समा मंगलवार राति लागेको आगोले २० लाख बराबरको क्षति भएको...

देशभर मौसम बदलीरहेको छ...

अहिले देशैभरको मौसम बदली भएर केही ठाउँमा पानी परिरहेको छ । मौसम पूर्वानुमान...

आज – १० फाल्गुण...

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अनावश्यक झमेलामा परिएला...

बीरगन्जमा लगाइएको कर्फ्यू ...

बीरगन्ज,०९ फागुन । बीरगन्जमा दुई फरक धर्मसमुदायबीचको द्वन्द्वका कारण सोमबारदेखि लगाइएको कर्फ्यू बुधबार...
10.1 C
Kathmandu
16 C
Birgunj

बालुवाटार बैठक : रास्वपालाई पुन: सरकारमा आउन आग्रह

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,२७ माघ – उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा सहभागी हुन आग्रह गरेको छ । शक्रबार बिहान बालुवाटारमा बसेको शीर्ष नेताहरुको बैठकले केहि दिनअघि सरकारबाट बाहिरिएको रास्वपालाई पुनस् सरकारमा सहभागी हुन आग्रह गरेको हो ।

- Advertisement -

आजको बैठकमा रास्वपालाई सरकारमा ल्याउने विषयमा छलफल भएको स्रोलले बतायो । गृह मन्त्रालय नपाएपछि असन्तुष्ट भएको रास्वपाले केहि दिनअघि पत्रकार सम्मेलन गर्दै सरकारबाट आफ्ना मन्त्री फिर्ता बोलाएको थियो ।

बैठकमा मन्त्रिपरिषद्लाई पूर्णता दिने, सुदूरपश्चिम सरकार ढलेपछिको अवस्था लगायत समसामयिक राजनीतिक विषयमा पनि छलफल भएको बताइएको छ ।

- Advertisement -

सत्ता गठबन्धनमा सात दल आबद्ध छन् । तर, आजको बैठकमा चार दलका नेता मात्र सहभागी थिए । गठबन्धनमै रहेको जसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीका नेता बैठकमा उपस्थित भएनन् ।

पुस १० गते प्रचण्डलाई प्रधानमन्त्री बनाउन सहयोग गरेपनि सत्ता गठबन्धनमा असन्तुष्टि बढ्दै गएपछि ती दलका नेता बैठकमा सहभागी नभएका हुन् ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार