बुध, चैत्र १५, २०७९
Wed, March 29, 2023
बुध, चैत्र १५, २०७९
Wed, March 29, 2023
13.2 C
Kathmandu
13.2 C
Kathmandu
21.2 C
Birgunj

तराईको एक मात्र पशुपति नाथ मन्दिरमा सोमबार महाआरती

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,२७ माघ – बीरगन्जको वडा नम्वर १४ पिपरामा रहेको पशुपतिनाथ मन्दिरमा आउँदो फागुन १ गते महाआरती हुने भएको छ । महाआरतीका लागि मन्दिर सिंगार्नुका साथै आवश्यक तयारी तिब्र पारिएको छ ।

- Advertisement -

भारतको काशी विश्वनाथका मुख्य पुजारी, पशुपतिनाथ मन्दिर काठमाण्डौका भट्ट र जनकपुरधामका महन्थको संयुक्त उपस्थितिमा महाआरती हुन लागेको हो । बीरगन्जमै पहिलो पटक तीनै धामका पुजारीलाई बोलाएर महाआरती आयोजना गर्न लागिएको हो ।

बीरगन्ज महानगरपालिका र विश्व हिन्दु परिषदको संयुक्त आयोजनामा महाआरती सफल बनाउन आवश्यक तयारी अघि बढाएको छ । बीरगन्जलाई धार्मीक पर्यटकीय गन्तव्यको केन्द्र बनाउने गरी वीरगञ्ज महानगरपालिकाले काम गरिरहेको महानगरका मेयर राजेशमान सिंहले बताउनुभयो ।

- Advertisement -

महानगरले माइस्थान मन्दिर क्षेत्रलाई यस अघि नै सौन्दर्यकरण गर्न सुरु गरिसकेको छ । माइस्थान क्षेत्रमा बाँकी रहेको लाइटिङ र गार्डेनिङको काम चाँडै सम्पन्न गर्ने गरी काम भइरहेको उहाँले जानकारी दिनुभयो ।

तराईमै एक मात्र रहेको पशुपति नाथ मन्दिर सौन्दर्यकरण गरेर यसको पहिचान स्थापित गर्न पनि नेपाल भारत दुबै देशका प्रख्यात धामका मुख्य पुजारी बोलाएर महाआरती गर्न लागिएको हो । काठमाण्डौंको पशुपति नाथ मन्दिरसम्म जान नसक्ने भक्तजनहरु पिपरामा रहेको पशुपती मन्दिरमा पुगेर पुजा अर्चना गर्न सक्ने छन् ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -