मङ्लबार, बैशाख ४, २०८१
Tue, April 16, 2024

मधेस प्रदेशमा लोसपाका मन्त्रीले...

जनकपुर । मधेस प्रदेश सरकारमा लोसपाबाट मन्त्री बनेका रमेशप्रसाद कुर्मीले राजीनामा दिएका छन्...

२३ किलो चरेशसहित १...

बर्दिया,०४ वैशाख । सशस्त्र प्रहरी बलले बर्दियामा २३ किला लागूऔषध चरेशसहित एक व्यक्तिलाई...

रामजन्मोेत्सव र शोभायात्रमा सहभागी...

बीरगन्ज,०४ वैशाख । बीरगन्ज महानपालिका वडा नम्बर १० घडिअर्वास्थित श्रीरामजानकी मन्दिरमा बैशाख ५...

नैतिक शिक्षा र देश...

काठमाडौं,०४ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय नैतिक शिक्षा र देश...
20.1 C
Kathmandu
29.4 C
Birgunj

अतिक्रमित जग्गा हटाउन सक्रियता, मापदण्ड विपरित निर्माण गरिएको संरचनामा महानगरको डोजर

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,२७ माघ – सार्वजनिक जग्गा अतिक्रमण गरेर निर्माण गरिएको संरचना हटाउन बीरगन्ज महानगरले कडाई गरेको छ । महानगरले शुक्रबार नियम विपरित निर्माण गरिएका वडा नम्वर १२ र १४ मा रहेको २ वटा संरचना हटाएको छ । वडा नम्वर १२ बाइसापस सडक नजिकै सडक अतिक्रमण गरेर नक्सा पास नै नगरी निर्माण गरिरहेको संरचना महानगरले हटाएको हो ।

- Advertisement -

वडा नम्वर १२ मा रहेको कि.नं. १३६ मा विनोद अग्रवालले ढलान सडक नै अतिक्रमण गरेर नक्सा पास विना नै पक्कि घर निर्माण गरिरहेको पाइएपछि महानगरले डोजर संरचनामा डोजर लगाएको छ । यस्तै गरी वडा नम्वर १४ लिंक रोड नजिकै निर्माण गरिएको संरचनामा पनि डोजर चलाएको छ । दुवै संरचनाहरु नियम वितरित बनाएको भन्दै महानगर खाली गराएको जनाएको छ ।

नक्सा पास भए पनि त्यस विपरित वाउण्ड्रि वाल लगाएको भेटिएपछि वाल भत्काइएको हो । स्थानीय रिता देव शरण यादवले आउजाउ गर्नै असहज हुने गरी सडक अतिक्रमण गरेर नक्सा विपरित वाउण्ड्री वाल लगाएका थिए ।
यादवको नाउँमा रहेको कि.नं. ३६३ र ३६५ मा बनेको घरको वाउण्ड्री वाल मापदण्ड विपरित रहेकाले महानगरले हटाएको हो । मापदण्ड विपरित निर्माण गरेको संरचना हटाउन यस अघि नै महानगरको टोली पुगेको भए पनि रिता देवी यादव र देव शरण यादवले जिल्ला अदालत पर्सामा निषेधाज्ञाको माग गर्दै मुद्धा दायर गरे पछि हटाउन सकिएको थिएन ।

- Advertisement -

जिल्ला अदालत पर्साले वादीको माग बमोजिम आदेश जारी गर्न प्रमाण नपुगेको भन्दै मुद्धा खारेज गरेपछि महानगरले आज डोजर लगाएर वाउण्ड्री वाल हटाएको हो । मापदण्ड विपरित बनेका संरचना र सार्वजनिक जग्गा अतिक्रमण गरी बनेका संरचना हटाउँदै जाने नीति बमोजिम महानगरले काम गरिरहेको महानगर प्रमुख राजेशमान सिंहले बताए ।

महानगरले बिहीबार पनि वडा नम्वर ८ मा नगर विकासको जग्गामा बनेको संरचना हटाएको थियो । नगर प्रमुख सिंहले नियम मिच्न नपाईने भन्दै अतिक्रमित जग्गा महानगरले खाली गाराउने बताए । उनले यसमा सबै महानगरवासी सहयोग आवश्यक रहेको बताउँदै मेयर सिंहले नियम मिच्नेलाई महानगरले छुट नदिने दावी गरे ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार