शुक्र, चैत्र १७, २०७९
Fri, March 31, 2023
शुक्र, चैत्र १७, २०७९
Fri, March 31, 2023
13.8 C
Kathmandu
14.4 C
Kathmandu
22.8 C
Birgunj

तराईमा मिटरब्याजी, पहाडमा लघुवित्त र सहरमा बैंकको आतंक छ : विप्लव

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं । नेकपा महासचिव नेत्रविक्रम चन्द्र ‘विप्लव’ले तराईमा मिटरब्याजी, पहाडमा लघुवित्त र सहरमा बैंकको चर्को ब्याजको आतंक भएको टिप्पणी गरेका छन् ।

- Advertisement -

जनयुद्ध दिवसको उपलक्ष्यमा भिडियो सन्देश दिँदै विप्लवले शासकहरू कुर्सीको झगडामा लिप्त हुँदा नेपाली जनता संकटै संकटमा बाँच्न बाध्य भएको बताएका हुन् ।

देशमा राजनीतिक संकट गहिरिँदै जाँदा साम्राज्यवादी र नवउपवेशिक बढ्दै गएको विप्लवले बताए ।

- Advertisement -

‘देशमा आर्थिक संकट बढ्दै छ । नेपाली जनता विभिन्न खालका संकटबाट तड्पी रहेका छन् । आजपनि एक छाक खान एक सरो लुगा लगाउन र बस्ने बासको निम्ति लाखौँ लाख जनता तड्पी रहेका छन्’ विप्लवले भने, ‘तपाईँमा मिटर ब्याजीको आतंक छ । पहाडमा लघुवित्त, सहरमा सहकारी र बैंकको चर्को ब्याजबाट नागरिक छटपटाइ रहेका छन् ।’

आर्थिक संकट गहिरिँदै जाँदा उद्योगी व्यापारी समेत पलायन हुने अवस्थामा पुगेको विप्लवले बताए ।

‘राज्य सञ्चालकहरू कुर्सीमा लिप्त छन् । संसदवादी दलहरु कुर्सीको झगडामा व्यस्त छन् । नेपाली जनताको समस्याप्रति बेप्रवाह छन् । यो समस्यालाई अपव्याख्या गरेर उल्टोतिर प्रचारगरी रहेका छन्’ उनले भने, ‘आजको संकटको केही पार्टी र नेताहरूको मात्रै होइन । यस्तो हुनमा दलाल पुँजीवादी राज्य सत्ताको हो । संसदीय व्यवस्था हो ।’

देशमा बेरोजगारी बढ्दै जाँदा कलेज र विश्वविद्यालयका युवाहरू विदेश पलाउन हुने गरेको विप्लवले बताए ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -