शुक्रबार, बैशाख ७, २०८१
Fri, April 19, 2024

बजेट दिँदा संघीय सरकारले...

पर्सा । बीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले संघीय सरकारले दिने बजेटमा विभेद गरेको...

बीरगन्जबाट २२ लाख हुण्डीको...

बीरगन्ज,०७ वैशाख । २२ लाख हुण्डीको रकमसहित पर्साबाट २ जना पक्राउ परेका छन्...

भारतीय नागरिकको अपहरणपछि नेपालमा...

काठमाडौं,७बैशाख । कपिलवस्तुको मायादेवी गाउँपालिकामा १ भारतीय नागरिकको अपहरणपछि हत्या गरिएको छ...

कोशीमा संकल्प प्रस्ताव बहुमतले...

विराटनगर,०७ वैशाख । कोशी प्रदेशबाट संकल्प प्रस्ताव पारित भएको छ । शुक्रबार बसेको...
21.1 C
Kathmandu
28.8 C
Birgunj

‘गोतामे पत्रकारिता स्वर्ण पदक’ बाट अन्नपूर्णपोष्टकी मनिका झा सम्मानित

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

‘गोतामे पत्रकारिता स्वर्ण पदक’ बाट अन्नपूर्णपोष्टकी मधेश प्रदेश व्यूरो प्रमुख मनिका झा सम्मानित भएकी छन् ।

- Advertisement -

मङ्गलबार नेपाल पत्रकार महासङ्घ पर्साको सभाकक्षमा आयोजित एक कार्यक्रमका विच अन्नपूर्णपोष्टकर्मी झालाई गोतामे पत्रकारिता स्वर्ण पदकबाट सम्मानित गरिएको हो ।

झालाई बीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले एकतोलाको नको तक्मा, प्रमाणपत्रलगायत प्रदान गरेका थिए ।

- Advertisement -

त्यस्तै पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले कदरपत्र र गोपालचन्द्र गौतमकी श्रीमती सुधा गौतमले अविर माला र दोसल्ला ओढाएर पत्रकार मोनिका झालाई सम्मान गरेका थिए ।

झा नेपाल पत्रकार महासंघ धनुषा शाखाको अध्यक्ष र प्रेस सेण्टर नेपाल धनुषाकी पूर्व अध्यक्ष पनि हुन् ।

वीरगञ्जका दिवंगत पत्रकार गोपालचन्द्र गौतमको स्मृतिमा १३ वर्ष अघि स्थापित पत्रकार गोपालचन्द्र गौतम प्रतिष्ठानले हेरक वर्ष यो पुरस्कार प्रदान गर्दै आएको छ । गएको माघ १६ गते बसेको पत्रकार गोपाल चन्द्र गौतम प्रतिष्ठानको बैठकले १३ औं ‘गोतामे पत्रकारिता स्वर्ण पदक’ पत्रकार झालाई दिने निर्णय गरेको थियो ।

समाजिक उत्तरदायित्व निर्वाह गर्दै अब्बल पत्रकारिता गर्ने एक जना पत्रकारलाई प्रत्येक वर्ष एक तोला सुनको तक्मा पुरस्कार प्रदान गर्ने गरिएको प्रतिष्ठानका अध्यक्ष जगदीश शर्माले बताए ।

शर्माको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष चन्द्रकिशोरले गोपाल चन्द्र गौतमको जीवनी र प्रत्रकारिताको विषयमा प्रकाश पारेको प्रतिष्ठानका कोषाध्यक्ष शत्रुधन नेपालले जानकारी दिए ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार